ज्योति विकास बैंकको अतुलनीय विशेषता सहितको “सुपर स्मार्ट सेभिङ्ग्स” सार्वजनिक

0
Shares

ज्योति विकास बैंकद्वारा अतुलनीय विशेषता, निःशुल्क सुविधा र विशेष छुट सहितको “सुपर स्मार्ट सेभिङ्ग्स” बचत योजना सार्वजनिक गरेको छ ।

बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा उक्त खाता सार्वजनिक गरेको हो । यो न्यूनतम मौज्दात मात्र १५ रुपैयाँमा १५ महिनासम्म १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहितको निक्षेप योजना हो ।

ग्राहकवर्गहरुको आवश्यकतालाई मध्यनजरमा राखी ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै आर्थिक रुपले समृद्ध बनाउने उद्देश्यका साथ “सुपर स्मार्ट सेभिङ्ग्स” बचत खाता संचालनमा ल्याइएको बैंकले जनाएको छ । यस खाताले ग्राहकवर्गलाई बचतसँगै आईपीओहरुमा लगानीको सुरुवात गर्न एकदम सहजता प्रदान गर्नेछ । हाल बजारमा उपलब्ध बचत खाताहरुमा पाईने सुविधाहरु भन्दा यस बचत खातामा ग्राहकहरुले दोब्बर सुविधाको लाभ पाउनेछन् ।

यस बचत खातामा ग्राहकहरुले न्यूनतम १५ मौज्दातमै १५ महिनासम्म निम्न १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहित पाउन सक्ने बैंकले जनाएको छ:-

१. उच्चतम ७.५% ब्याजदर
२. अन्य बैंकको एटीएमबाट महिनाको २ पटकसम्म निः शुल्क नगद निकासी
३. निःशुल्क मोबाईल बैंकिङ्ग सेवा
४. निःशुल्क डेबिट कार्ड
५. मासिक व्याज भुक्तानी
६. निःशुल्क डिम्याट खाता
७. निःशुल्क डिम्याट नवीकरण
८. निःशुल्क सि–आस्वा
९. निःशुल्क मेरो सेयर रजिस्ट्रेशन र नवीकरण
१०. मुद्दती खाता प्रिम्याचुरिटी शुल्कमा ५०% छुट
११. वार्षिक लकर सुविधामा ५०% छुट तथा धितो रकममा ३०% छुट
१२. निःशुल्क डलर कार्ड जारी
१३.वैदेशिक मुद्रा सटही छुट÷प्रिमियमः USD, AUD, CAD, GBP / EURO को विदेशी मुद्रा विनिमय लेनदेनमा १५ पैसाको छुट/प्रिमियम मुद्दती खाता प्रिम्याचुरिटी शुल्कमा ५०% छुट
१४. निःशुल्क अन–डिमाण्ड खाता विवरण
१५. हितग्राही खाता (डिपी सेवाहरू) को STC मा १५% छुट

सुपर स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १२१ शाखाहरु र अनलाइन मार्फत् पनि खोल्न सकिने छ । यो योजना बचत तथा लगानी संगै एउटै बचत योजनाबाट अधिकतम लाभ लिन चाहने सम्पूर्ण ग्राहकवर्गहरुका लागि उपयुक्त खाता भएको विश्वास बैंकले लिएको छ ।

ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।