माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ८५ करोड, वितरण योग्य १ अर्ब ५६ करोड

0
Shares

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आवको तुलनामा ९.७५ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। जस अनुसार बैंकको लाभांश क्षमता १५ प्रतिशतभन्दा बढी देखिएको छ। बैंकको वितरणयोग्य मुनाफा १६२.६६ प्रतिशतले बढको हो । बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६० पैसा बढेर १८ रुपैयाँ ५ पैसा पुगेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा पनि बढेको हो। तर, फि तथा कमिशन आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशत, कुल सञ्चालन आम्दानी ८.३२ प्रतिशत , सञ्चालन मुनाफा ९.९१ प्रतिशतले बढेको छ। खुद फि तथा कमिशन आम्दानी ३.१७ प्रतिशतले घटेको छ।

बैंकको सञ्चालन मुनाफा २ अर्ब ६९ करोड रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ४५ करोड लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ९.९१ प्रतिशतले बढेको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो।

१० अर्ब २५ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। समीक्षा अवधिमा बैंकको निक्षेप ६.३१ प्रतिशत बढेको छ भने कर्जा लगानी १.६४ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.१२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.०४ प्रतिशत थियो। खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर ८२ करोड ३२ हजार रुपैयाँ भएको छ। अघिल्लो वर्ष पनि यस्तो चार्ज ५० करोड १२ लाख रुपैयाँले ऋणात्मक थियो।
बैंकको मूल्य आम्दानी अनुपात १२.८४ गुणा तथा बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।