कर्पोरेट डेभलपमेन्ट बैंकका सीईओ जोशीको राजीनामा स्वीकृत, पोखरेल कामु

0
Shares

कर्पोरेट डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत त्रिलोक ध्वज जोशीको राजीनामा स्वीकृत भएको छ ।

बैंकको सञ्चालक समितिको साउन २५ गते सम्पन्न बैठकले सीईओ जोशीले दिएको राजीनामा स्वीकृत गरेको हो । साथै सोही बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विपिन राज पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय समेत दिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत त्रिलोक ध्वज जोशीले प्रमुख कार्यकारीको पदबाट यसअघि राजीनामा दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।