महालक्ष्मी विकास बैंक ‘बीएफआईएन एल एण्ड डी एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

0
Shares

महालक्ष्मी विकास बैंक फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल ९बीएफआईएन० ले प्रदान गर्ने ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड २०२३’ बाट पुरस्कृत भएको छ ।

कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै उक्त अवार्डबाट सम्मानित भएको बैंकले जनाएको छ । बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो ।

काठमाडौंमा साउन २९ गते सोमबार आयोजित ‘लिडर फर द नेक्स्ट जेनेरेसन एक्सपेड द अनएक्सपेक्टेड’ कन्फरेन्समा बैंकलाई उक्त पुरस्कार प्रदान भएको बैंकले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।

सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्द्ता जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।