एनएमबि बैंकले सार्वजनिक गर्‍यो ‘एनएमबी बुद्ध भिसा’ डेबिड कार्ड

0
Shares

एनएमबि बैंकले ग्राहकहरुका लागि ‘एनएमबी बुद्ध भिसा’ डेबिट कार्ड प्रयोगमा ल्याएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी बैंकले कार्ड सार्वजनिक गरेको हो ।

कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल केसीले डोमेष्टिक एभिएसनमा प्रभाव जमाएको बुद्ध एअरसँग सहकार्य गर्न पाउदा खुसी व्यक्त गरे ।

डोमेष्टिक एभिएशनमा बुद्ध एअरको प्रभाव नम्बर १ देखी ५ सम्म रहेको भन्दै उनले नयाँ कार्ड लञ्च गर्न पाउदा आभारी भएको दिए । यो कार्ड बैंकिङ क्षेत्रमा सम्भव त पहिलो भएको भन्दै सीइओ केसीले आफ्ना ग्राहकलाई फरक खालको सेवा दिन बैंक प्रतिबद्ध रहेको जानकारी दिए । ‘आज हाम्रो लागि हिस्टोरिकल डे हो ।’ केसीले भने ।

यो कार्डमा केही फरक खालका फिचर रहेको जानकारी दिँदै सीइओ केसीले कुनै कारण फ्लाइट क्यान्सिल गर्न पर्यो भने यो कार्ड मार्फत बिना चार्ज क्यान्सिलेसन गर्न सकिने जानकारी दिए । त्यसो त कार्ड होल्डरले बुद्ध एअरमा यात्रा गर्दा पाँच केजी सामान अतिरिक्त लैजान पाउनेछन् भने विभिन्न सन्दर्भमा टिकटमा १० प्रतिशत छुट पनि पाउनेछन् ।

रोएल मेम्बरसिप कार्ड होल्डरले पाएको सुविधा यो कार्डहोल्डरले पाउने भन्दै सीइओ केसीले जुनसुकै एटिएम मेसिनमा पनि निःशुल्क चलाउन पाइने बताए । अन्य कार्ड लिएका ग्राहकका लागि स्वीच गर्ने सुविधा भएको उनले जानकारी दिए ।

बुद्ध एअरका अध्यक्ष बिरेन्द्र बहादुर बस्नेतले एनमएबी र बुद्धको सम्बन्ध सिर्जनात्मक बनाउने अभियानमा आफू रहेको जानकारी दिए । यस किसिमको सहकार्य अझ बलियो भएर जाने बताउँदै चीनबाट नेपालमा पैसा ट्रान्सफर गर्न समस्या रहेको भन्दै अध्यक्ष बस्नेतले यो कार्ड मार्फत सहज हुने बताए । भारतीयपछि चिनियाँ पर्यटक नेपाल आउने जानकारी दिँदै उनले त्यसलाई सहजीकरण गर्न यो अभियानले सघाउने भन्दै बैंक र बुद्धएअरबीच समन्वय र सहकार्य अझै अगाडि बढ्ने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।