एभरेष्ट बैंकको साधारण सभा असोज ३० मा, २०.५३% लाभांश पारित गर्दै

0
Shares

एभरेष्ट बैंक लिमिटेडले असोज ३० गते २९ औं वार्षिक साधारण सभा बोलाएको छ । असोज ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लैनचौर व्यांक्वेट, लैनचौर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद ( कर प्रयोजन समेत) गरी कुल २०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

यसैगरी बैंकको सभाले वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारितश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रूपैयाँ रहेको बैंकको बोनस वितरणपछि बैंकको पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने छ ।

एरभेष्ट बैंकले साधारण सभा तथा लाभांशवितरण प्रयोजनार्थ असोज १६ गते मंगलबार एक दिन सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोजका आधारमा असोज १५ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।