कुमारी बैंकलाई पाँच अर्बको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

0
Shares

कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको छ । बोर्डबाट बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो ।

बैंकले लगानीकर्तालाई वार्षिक १० प्रतिशत ब्याजदर दिनेगरी ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ नामक ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न असाेज ८ गते साेमबार अनुमति पाएको हो । ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

कुल बिक्री अनुमति पाएको ५० लाख कित्ता ऋणपत्रमध्ये बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ भने ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

बैंकले निष्काशन गर्ने ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।