सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजङ्ग पाण्डे निर्वाचित

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अध्यक्षमा प्रवल जङ्ग पाण्डे नियुक्त भएका छन् ।

शुक्रबार सम्मन्न भएको १७ औं वार्षिक साधारण सभपछि बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालक पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

पाण्डेले यसअघि बैंकको सञ्चालक पदमा रहि कार्य गरि सकेका छन् । उनी मर्जर तथा एक्वीजिशन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंक लाई प्राप्ति गरेको थियो ।

बैंकको संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने अध्यक्ष पाण्डे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख लगानीकर्तामा पर्छन् । इन्जीनियरिङ्ग संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशक भन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रुपमा संलग्न छन् । नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्द भई नेतृत्वदायी भूमिका निभाइरहेका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

आजै भएको १७ औं वार्षिक साधारण सभाबाट सीता कार्की (केसी), सजन शर्मा, दिग्विजय विष्ट, सञ्चालक समितिको सदस्यमा निर्वाचित भएको छन् । बैंकमा ७ जना सञ्चालक रहेकोमा सर्वसाधारणहरुको तर्फबाट प्रकाशचन्द्र मैनाली, विजयध्वज कार्की र स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली रहेका छन् ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।