नबिल बैंकले ग्राहकलाई गर्यो यस्तो अनुरोध

0
Shares

नबिल बैंकले आफ्ना ग्राहकलाई बैंक खातामा मोबाइल नम्बर अद्यावधिक (अपडेट) गर्न अनुरोध गरेको छ ।

एक सूचना मार्फत बैंकले ग्राहकलाई बैंक खाताको मोबाइल नम्बर अद्यावधिक गराउन भनेको हो । बैंकले खातामा भएका कारोबारहरूको जानकारी मोबाइलमा एसएसएसमार्फत दिँदै आएको छ । यस्तो जानकारी नआएका ग्राहकलाई आगामी कात्तिक २४ गतेभित्र बैंकको कुनै पनि शाखाबाट आफ्नो खाताको मोबाइल नम्बर अद्यावधिक गर्न अनुरोध गरिएको छ ।

यसका लागि ग्राहकले सक्कल नागरिकता वा फोटो सहितको अन्य कुनै परिचयपत्र सहित आफैँ उपस्थित हुनुपर्ने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।