सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष अफर

0
Shares

सानिमा बैंकले एफवानसफ्टको सहकार्यमा प्रयोगकर्ताका लागि सानिमा सजिलो इ–बैकिङ सेवाको योजना ल्याएको छ । यो योजना असोज २८ देखि मसिंर ०३ सम्म लागु हुनेछ ।

यस अन्तर्गत, मोबाइल बैंकिङ्ग बाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जना ग्राहकहरु विजेता हुन सक्ने छन् । यसमा सहभागी हुनका लागी ग्राहकहरुले न्युनतम ५०० रुपैयाँ बराबरको टपअप, १०० रुपैयाँको डेटा प्याक र २०० रुपैयाँ बराबरको रकमान्तर गर्नुपर्नेछ ।

यसैगरी बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको प्रयोग बढाउन प्रोत्साहन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।