सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घट्यो

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घटेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३.७१ प्रतिशत बिन्दुले घटाएर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको कार्तिक ३ गते शुक्रबार बसेको ३३० औं बैठकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट चुक्ता पुँजीको कुल ५.२६ प्रतिशत (१७ करोड १९ लाख ७८ हजार ५१२ रुपैयाँ) बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस (१६ करोड ३३ लाख ७९ हजार ५८६ रुपैयाँ) र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत (८५ लाख ९८ हजार ९२६ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव छ ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

अघिल्लो आव २०७८/७९ बाट बैंकले चुक्ता पुँजीको ८.५३४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४४९ प्रतिशत नगद गरी कुल ८.९८३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।