नेपाल बैंकको सीईओका लागि १९ जनाको आवेदन, यी हुन् आवेदक


नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि १९ जनाले आवेदन दिएका छन् । कात्तिक १२ गते आइतबारसम्ममा नयाँ सीईओका लागि १९ जनाको आवेदन परेको बैंकले जनाएको छ ।

नेपाल बैंकको सीइओका लागि सरकारी बैंकमा उच्च पदमा कार्यरत कर्मचारीदेखि उच्च पूर्व सरकारी कर्मचारीहरुले समेत आवेदन दिएका छन् । आवेदन दिनेमा समता पन्त, देवेश प्रसाद लोहनी, अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रमेश प्रसाद जोशी, शंकर केसी, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, र कृष्ण प्रसाद आचार्यले पनि बैंकको सीइओको लागि आवेदन दिएका छन् ।

अन्य आवेदकमा छपिराज पन्त, राजुनाथ खनाल, बिष्णुदेव यादव, प्रमोद बाबू तिवारी, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, र तिलक राज पाण्डेय रहेका छन् । नेपाल बैंकका कृष्णबहादुर अधिकारीको अवधि सकिएपछि सीईओ पद खाली रहेको छ ।

बैङ्कको सीईओ कृष्ण बहादुर अधिकारीको कार्यकाल सकिएसँगै बैङ्कले नयाँ सीईओको लागी असोज २१ गते २१ दिनको म्याद राखेर विज्ञापन प्रकाशित गरेको थियो । सीईओ छनोट समितिले दिएको आवेदनको म्याद आइतबार सकिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।