स्टयाण्डर्ड चार्टर्ड बैंकको लाभांश बढ्यो, नगद मात्रै वितरण गर्ने

0
Shares

स्टयाण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट नगद लाभांश मात्र वितरण गर्ने भएको छ ।

बैंकको कार्तिक १३ गते सोमबार ३ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल चार्टर्डको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाा रहेको छ। यसअनुसार बैंकले कर सहित १ अर्ब ७९ करोड १५ लाख ९६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरे पछि मात्र सेयरधनीले प्राप्त गर्नेछन् ।

अघिल्लो आर्थिक वर्ष २०७८।७९ बाट बैंकले चुक्ता पुँजीको कर सहित १६.५१ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवबाट प्रस्तावित लाभांश २.४९ प्रतिशत बिन्दु बढी हो ।

चार्टर्डले यसअघि आव २०७८/७९, आव २०७५/७६, आव २०७४/७५ र आव २०६७/७८ बाट नगद लाभांश मात्र वितरण गरेको इतिहास छ ।

यस्तो छ स्टयाण्डर्ड चार्टर्ड बैंकको लाभांश इतिहास:

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2079/80 0.00 19.00 19.00
2 2078/2079 0.00 16.51 16.51
3 2077/2078 10.00 3.06 13.06
4 2076/2077 7.00 4.84 11.84
5 2075/2076 0.00 22.50 22.50
6 2074/2075 0.00 17.50 17.50
7 2073/2074 100.00 5.26 105.26
8 2072/2073 33.33 1.75 35.08
9 2071/2072 25.00 19.21 44.21
10 2070/2071 10.00 41.50 51.50
11 2069/2070 10.00 40.00 50.00
12 2068/2069 15.00 45.00 60.00
13 2067/2068 0.00 50.00 50.00

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।