एसियन बैंकर सम्मलेन बिहीबार देखि काठमाडौंमा

0
Shares


नेपाल बैंकर्स संघ र एसियन बैंकर्स संघको संयुक्त आयोजनामा आगामी बिहीबार र शुक्रबार काठमाडौंमा एसियन बैंकरहरुको सम्मेलन हुने भएको छ । एसियाका २५ देशका बैंकरहरुको सहभागिता हुने सम्मेलन नेपालमा पहिलो पटक हुन लागको हो ।

उक्त सम्मेलनमा एसियन बैंकर संघको वार्षिक साधारण सभा समेत हुने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उक्त कन्फ्रेन्समा एसियाका ६० भन्दा धेरै बैंकका प्रमूख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरु सहभागी हुनेछन् ।

उक्त सम्मेलनमा अहिलेकोे अर्थतन्त्रको अवस्था तथा नेपालमा विदेशी लगानीको अवस्था र सम्भावनाका सन्दर्भमा समेत छलफल हुने केसीले बताए । दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा बैंकिङ क्षेत्रको दिगो विकासको सन्दर्भमा समेत छलफल हुने उनको भनाई छ । सम्मेलन बैंकर तथा विज्ञहरुबाट कार्यपपत्र प्रस्तुत गर्ने तथा प्यानल डिस्कसन हुने उनले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।