भुकम्प पीडित लागि मितेरी डेभलपमेन्ट बैंकको ७ लाख सहयोग

0
Shares

कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु पारी गएको भूकम्पमा प्रभावित भएका पीडितका लागि मितेरी डेभलपमेन्ट बैंकले सात लाख सहयोग गर्ने भएको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धारकोष मार्फत योगदान गर्ने निर्णय गरेको हो ।

जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भुकम्पका कारण भएको धनजनको क्षति प्रति सहानुभूति प्रकट गर्दै बैंकले मृतक प्रति श्रद्धाञ्जली र पिडित परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

स्थापनाकाल देखि नै बैंकले सुनसरी, मोरङ्ग र झापाका ग्रामिणक्षेत्रमा बैकिङ्गको पहुच देखि बाहिर रहेको जनसंख्यालाई वित्तिय साक्षरता अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सामाजिक उत्तरदायित्वं अन्तर्गत बैंकले सामाजिक विकासका लागि काम गरिरहेको छ ।

कात्तिक २२ गते बसेको सञ्चालक समितिको २३४ औं बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धारकोषमा ७ लाख रुपैयाँ योगदान गर्ने निर्णय गरेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।