एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य

0
Shares

एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य चयन भएका छन् ।

बिके श्रेष्ठको निधनपछि बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक सञ्चालक सदस्य रहेका वैद्यलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । बैठकले संस्थापकतर्फबाट सञ्चालक समिति सदस्य वैद्यलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

बैंकमा लामो समयदेखि अध्यक्ष रहेका विष्णुकृष्ण (बिके) श्रेष्ठको निधन भएपछि वैद्य अध्यक्ष बनेका छन् । श्रेष्ठको कात्तिक ६ गते सोमबार ९४ वर्षको उमेरमा निधन भएको थियो ।

एभरेष्ट बैंक स्थापनादेखि जीवनको अन्तिम अवस्थासम्म एभरेष्ट बैंकमा कुशल नेतृत्व गर्न सफल श्रेष्ठले नेपाली बजारमा विदेशी ज्वाइन भेञ्चर भित्र्याएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।