साढे २८ हजारले भरे हिमालयन रि इन्स्योरेन्सको आईपीओ, भोलि अन्तिम म्याद

0
Shares

हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओमा) २८ हजार ४७९ वटा आवेदन परेको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुबाट उक्त सङ्ख्यामा आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंङ्सिर १७ गते आइतबार साँझ ५ः०७ बजेसम्ममा पहिलो चरणको खरिदका लागि ३४ लाख ८२ हजार ९०० कित्ता सेयरका लागि ७१ करोड ७४ लाख ७७ हजार ४०० रुपैयाँ बराबरको माग परेको हो । मंङ्सिर ४ देखि खुला भएको कम्पनीको सेयर १८ गते सोमबार कार्यालय समयपछि निष्कासन बन्द हुँदैछ । अबको एक दिन आईपीओमा आवेदन दिने समय छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ३० लाख कित्ता बिक्री खुला गरेको हो । यस्तै कम्पनीले कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर छुट्याएको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १७ मंसिर २०८०, आइतबार  १७ : ४२ बजे