एमबीएएन कप २०८२ को ऐतिहासिक उपाधि नेपाल एसबिआई मर्चेण्टलाई


काठमाडौँ । नेपाल मर्चेन्ट बैंकर्स संघ (एमबीएएन) द्वारा आयोजना गरिएको एमबीएएन कप २०८२ अन्तर्गतको फुटसल प्रतियोगितामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले ऐतिहासिक सफलता हात पारेको छ । फाइनल खेलमा प्रभु क्यापिटल लिमिटेडलाई हराउँदै एसबिआई मर्चेण्टले उपाधि मात्र होइन, तीन महत्वपूर्ण विधामा जित हात पार्दै प्रतियोगितालाई सम्झनलायक बनाएको छ ।

उत्कृष्ट समन्वय, निरन्तर अभ्यास र दृढ मनोबलका साथ मैदानमा उत्रिएको टिमले उपाधि विजेताको साथसाथै उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता उपाधि समेत हात पार्न सफल भयो ।

उपाधि जितसँगै टोलीको गौरव बढाउनुका साथै संस्थाको प्रतिष्ठा अभिवृद्धि भएको एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ । टिमको यो सफलतामा योगदान गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक र सहयोगी टिमलाई धन्यवाद दिँदै संस्थाले आगामी दिनहरूमा पनि यस्ता प्रतिस्पर्धामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार  १२ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।