वाणिज्य बैंकको दोस्रो त्रैमासिक प्रगतिः ग्लोबल आईएमईलाई उछिन्दै प्राइम कमर्सियल बन्यो दोस्रो

0
Shares

सञ्चालनमा रहेका २० ओटै वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफाआर्जन गरेका छन् । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९.९५ प्रतिशत कम हो ।

पछिल्लो समय बैङ्कहरूको कर्जा असुली प्रभावित हुँदा खराब कर्जा बढेको छ । बढ्दो खराब कर्जा वापत गर्नुपरेको प्रोभिजनिङका कारण वाणिज्य बैंकहरुको खुद नाफा करिब दोहोरो अंकले घटेको हो । गत आवको दोस्रो त्रैमाससम्म बैंकहरुले ३१ अर्ब ९४ लाख २३ हजार ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा ३ अर्ब १७ करोड ७० लाख ९७ हजार रुपैयाँले खुद नाफा घटेको हो ।

आर्थिक गतिविधि चलायमान नहुँदा बैङ्कहरूको कर्जा लगानी पनि विस्तार हुन सकेको छैन । केन्द्रीय बैंकले सहज कर्जा प्रवाह हुने क्षेत्रको कर्जामा कडाई गरेपछि बैंकहरुको व्यवसाय खुम्चिएको छ । यसले खुद ब्याज आम्दानी घट्न गई समग्र नाफामा समेत असर पुगेको हो । सञ्चालनमा रहेका २० मध्ये तीन ओटा बैङ्कहरू हिमालयन बैंक, प्राइम कमर्सियल र एभरेष्ट बैंकले मात्रै खुद नाफा बढाएका छन् । १७ ओटा बैंकको नाफा घटेको छ ।

Commercial Bank Net Profit in Thousand
S.N. Bank  FY 2080-81 Q2 FY 2079-80 Q2 Change %
1 Nabil 3203079.000 3417698.000 -6.28
2 Prime Commercial 2182927.663 1652044.754 32.13
3 Global Ime* 2042329.000 2782379.000 -26.60
4 Rastriya Banajya  2015388.510 2711851.608 -25.68
5 Nic Asia 1903807.546 3273330.226 -41.84
6 Nepal Investment Mega* 1801944.000 2086307.000 -13.63
7 Standard Chartrd 1726426.000 1753635.000 -1.55
8 Everest 1713148.000 1588003.000 7.88
9 Himalayan* 1503974.517 954704.992 57.53
10 NMB 1375987.000 1901153.000 -27.62
11 Agriculture Devlopment 1355275.181 -128935.574 -1151.13
12 Sanima 1138614.714 1285379.516 -11.42
13 Siddhartha 1136822.465 1161199.785 -2.10
14 Laxmi Sunrise* 1059210.000 1077115.000 -1.66
15 Kumari* 867211.479 1012070.946 -14.31
16 Nepal SBI 840541.517 1177194.320 -28.60
17 Machhapuchchhre 805380.896 1025262.139 -21.45
18 Citizen Bank  782784.841 841333.045 -6.96
19 Prabhu* 720341.000 1199961.000 -39.97
20 Nepal Bank 590051.799 1170655.425 -49.60
*Merger Total 28765245.128 31942342.182 -9.95

यस अवधिमा खुद नाफाका आधारमा नबिल बैंकले सर्वाधिक ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गर्दै पहिलो स्थानमा रहेको छ । अघिल्लो पुसको तुलनामा चालु आवको पुसमा बैंकको खुद नाफा ६.२८ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा चुक्ता पुँजीका आधारमा सबैभन्दा ठूलो ग्लोबल आईएमईलाई उछिन्दै प्राइम कमर्सियल बैंक नाफाका आधारमा दोस्रो बनेको छ । प्राइमले पुस मसान्तसम्म प्राइम बैङ्कले पुस मसान्तसम्ममा २ अर्ब १८ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको पुसको तुलनामा ३२.१३ प्रतिशत धेरै हो ।

तेस्रो पोजिसनमा रहेको ग्लोबल आइएमई बैङ्कको नाफा भने २ अर्ब ४ करोड २३ लाख रुपैयाँ मात्रै छ । बैंकको नाफा गत आवको पुसको तुलनामा २६.६० प्रतिशतले खुम्चिएको हो । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले पुस मसान्तसम्म २ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस बैंकको नाफा पनि २६.६८ प्रतिशतले घटेको छ ।

तथ्याङ्क अनुसार एनआईसी एशिया बैंकको स्थान पाँचौं नम्बरमा रहेको छ । बैंकको नाफा १ अर्ब ९० करोड ३८ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत पुकिो तुलनामा बैंकको खुद नाफा ४१.८४ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा अघिल्लो पुसको तुलनामा १३.६३ प्रतिशत घटेर १ अर्ब ८० करोड १९ लाख रुपैयाँमा संकुचित बनेको छ। स्टण्डर्ड चार्टर्ड बैंकको नाफामा पनि १.५५ प्रतिशतले संकुच आई १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ ।

गत पुसको तुलनामा एभरेष्ट बैंकले ७.८८ र हिमालयन बैंकले ५७.५३ प्रतिशतले खुद नाफा वृद्धि गरेका छन् । २०८० पुस मसान्तसम्ममा एभरेष्ट बैंकले १ अर्ब ३१ करोड ७१ लाख र हिमालयन बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा थप पाँच बैंकहरु एनएमबि, कृषि विकास बैंक, सानिमा, सिद्धार्थ, र लक्ष्मी सनराइज गरी चौध बैंक अर्बपति क्लबमा उक्लिएका छन् । गत पुसमा १७ बैंकको नाफा अर्बभन्दा माथि थियो ।

पुस मसान्तसम्ममा एनएमबि बैंकको खुद नाफा १ अर्ब ३७ करोड ५९ लाख, कृषि विकास बैंकको १ अर्ब ३५ करोड ५२ लाख, सानिमा बैंकको १ अर्ब १३ करोड ८६ लाख, सिद्धार्थ बैंकको १ अर्ब १३ करोड ६८ लाख र लक्ष्मी सनराइज बैंकको १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत वर्षको दोस्रो त्रैमासमा १२ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा कृषि विकास बैङ्क नाफा उक्लिएको हाे ।

आइतबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार ६ ओटा वाणिज्य बैंकको खुद नाफा एक अर्बभन्दा कम छ । यस अवधिमा कुमारी बैंकले ८६ करोड ७२ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको ८४ करोड ५ लाख, माछापुच्छ्रे बैंकको ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत पुसको तुलनान २०८० पुस मसान्तसम्मको कुमारी बैंकको नाफा १४.३१, नेपाल एसबिआई बैंकको २८.६० र माछापुच्छ्रे बैंकको २१.४५ प्रतिशतले घटेको हो । पुस मसान्तसम्म प्रभु बैंकको खुद नाफा ३९.९७ प्रतिशतले घटेर ७२ करोड ३ लाख रुपैयाँ कायम हुँदा नेपाल बैंकको खुद नाफा ४९.६० प्रतिशतले घटेर ५९ करोड ५१ हजार कायम रहेको छ ।

नबिल बैंकको खुद नाफा ३ अर्ब, वितरणयोग्य मुनाफा १ अर्ब माथि

कुमारी बैंकको नाफा १४.३१ प्रतिशतले घट्यो, इपीएस कति ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।