नबिल बैंकको खुद नाफा ३ अर्ब, वितरणयोग्य मुनाफा १ अर्ब माथि


नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब रुपैयाँ नाफा कमाएको छ ।  चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

६ महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाख ४४ हजार पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.७२ प्रतिशतले बढेर १ अर्ब ४८ करोड ४३ लाख ६२ हजार पुगेको छ।

त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ५.७५ प्रतिशत बढेर १० अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा ६.१८ प्रतिशत घटेर ४ अर्ब ५६ करोड ११ लाखमा कायम भएको छ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.२६ प्रतिशतले घटेर १.२० प्रतिशतमा सीमित भएको छ। यता, बैंकको इम्पेरमेन्ट चार्ज भने १ अर्ब ८८ करोडले बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ९७ करोड पुगेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख ७६ हजार रुपैयाँ रहको छ । गत आवको पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २४ करोड ५१ लाख ३० हजार रहेको थियो ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर २३ रुपैयाँ ६८ पैसामा सिमीत भएको छ। यस्तै बैंकको मूल्य आम्दानी अनुपात २०.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा रहेको छ। गत पुस मसान्तमा बैंकको प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको थियो । बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ सञ्चित छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।