डिम्याट खाताको संख्या ६१ लाख नाघ्यो, मेरो सेयरका सक्रिय प्रयोगकर्ता ७० प्रतिशत


सेयर बजारमा सहभागि हुनेहरुको संख्या दिनानु दिन बढि रहेको छ । पछिल्ला दिनहरुमा भइरहेका प्राथमिक निष्काशन तथा सोबाट भइरहेको नाफा देखेर प्राथमिक बजारमा सेयर आवेदन गर्नेहरुको संख्या बढिरहेको हाे ।

नयाँ लगानीकर्ता थपिन थालेसँगै डिम्याट खाता संख्या ६१ लाख २२ हजार पुगेको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडइससी) का अनुसार क्रमिक रुपमा डिमाट खाता खाल्नेहरुको संख्या बढिरहेको छ । डिम्याट खाताको तुदनामा मेरो सेयरमा आबद्ध हुनेहरुको संख्या भने केही कम रहेको सिडिएससीले जनाएको छ ।

सिडिएससीका अनुसार हालसम्म मेरो सेयरमा आबद्ध हुनेको संख्या ५१ लाख ७० हजार मात्र छ । उल्लेखित तथ्यांकका आधारमा डिम्याटा खाता खोलेका मध्ये झण्डै १० लाखले मेरो सेयर सुविधा लिएका छैनन् । पछिल्लाे समय सेयर ब्रोकरहरुको संख्या बढेसँगै उनीहरुले आफ्नोबाट सेयर कारोबार गर्नेहरुलाई आफैँकोमा डिम्याटा खाता खुला गराइरहेका छन् । अर्कातिर उनीहरुले नयाँ लगानीकर्तालाई पनि बजारमा ल्याउन प्रयास गरिरहेका छन् । व्यवसाय विस्तार गर्दा पुरानासँगै नयाँ लगानीकर्तालाई बजार प्रवेश गराउन पहल गरिरहेका नयाँ ब्रोकरले सक्रिय प्रयोगकर्ताको संख्या भने न्यून हुने गरेको बताएका छन् ।

सिडिएससीका अनुसार ५१ लाख ७० हजारले मेरो सेयर सुविधा लिएकोमा सक्रिय प्रयोगकर्ताको संख्या ३६ लाख ३४ हजार हाराहारी मात्र रहेको जनाएको छ । कुल हितग्राहीका आधारमा मेरो सेयरका सक्रिय प्रयोगकर्ता ६० प्रतिशत हाराहारी हुन आउँछ भने कुल मेरो मेरो सेयर प्रयोगकर्ताको आधारमा ७० प्रतिशत मात्र हुन आउँछ ।

उल्लेखित तथ्याङ्कमा सक्रिय रहेका अधिकांश लगानीकर्ताको एकभन्दा बढी डिम्याट खाता सञ्चालनमा छ । आफैँ प्रत्यक्ष बजारमा सक्रिय रुपमा कारोबार गर्ने तथा लगानी व्यवस्थापन सेवा लिनेहरुले २ वटाभन्दा बढी डिम्याट खाता सञ्चालन गरिरहेका छन् ।

अर्कातिर बजारका सम्बन्धमा खासै जानकारी नभएका र डिम्याट खाता राम्ररी व्यवस्थापन गर्न नजानेकाहरुले अलग अलग स्थानमा डिम्याट खाता खाल्ने गरेका छन् । यस्ता हितग्राहीको संख्या पनि कुल संख्यामा सामेल भएको हुन्छ ।

केन्द्रीय निक्षेप प्रणालीले दोहोरो खाता भएका हितग्राही कुल हितग्राहीको ५ प्रतिशत हाराहारी रहेको जनाएको छ । उसका अनुसार हालसम्म खुलेका हितग्राही खाता मध्ये विभिन्न प्रयोजन तथा नजानेर दाहोरो खाता खोल्नेहरुको संख्या ३ लाख हाराहारी रहेको छ ।

हालसम्म खुलेका कुल हितग्राही खातामध्ये अधिकांश प्राथमिक निष्काशनमा सेयर आवेदन गर्ने किसिमका मात्र छन् । नियमित कारोबार गर्ने हितग्राहीको संख्या भने कुल हितग्राहीको अनुपातमा न्यून रहेको र प्राथमिक बजारमा अझै लगानीकर्ताहरु प्रवेश गर्दा हितग्राही खाता थप विस्तार हुने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार  १४ : ५८ बजे