विदेशी पनि रोजगारका लागि नेपाल आउँछन्, छ महिनामा भित्रिने विदेशीभन्दा दैनिक बाहिरिने नेपाली धेरै


रोजगारीको अवसर खोज्दै नेपाली विदेशमा मात्र नभई नेपाल भित्रिने विदेशी पनि छन् । एक दिनमा रोजगारका लागि नेपाल छोड्ने भन्दा थोरै विदेशी रोजगारका लागि नेपाल आउने गरेका हुन् ।

नेपालबाट रोजगारका लागि अन्य मुलुक जाने अधिकासं कामदार मजदुर हुने गर्छन् । तर, नेपाल आउने विदेशी कामदार भने व्यवस्थापकिय भुमिकमा आउने गरेको देखिन्छ । विदेशबाट औपचारीक माध्यमबाट आउनेमा केही मजदुर पनि रहेका छन् ।

विदेशी दातृ निकायले निर्माण गर्ने योजनाका लागि मजदुर समेत उनीहरुले नै भने अनुसार हुनु पर्ने भएकाले लगानीकर्ता आफैले कामदार ल्याउने गरेको सरकारी अधिकारीहरु बताउँछन् ।

नेपाल सरकारको पछिल्लो तथ्याङक अनुसार रोजगारका लागि दैनिक करिब २ हजार नेपाली बाहिरीने गरेका छन् । तर, चालु आर्थिक वर्ष सुरुभएयता माघ १७ गतेसम्म रोजगकारका लागि नेपाल आउने विदेशीको संख्या एक हजार ३ सय ११ रहेको छ । यो श्रम स्वीकृती र पुनः श्रम स्वीकृती लिइ भित्रिनेका संख्या हो । खुला सिमानाको फाइदा उठाइ श्रम स्वीकृती नलिई नेपाल भित्रिने कामदारको संख्या पनि उत्तिकै छ । श्रम स्वीकृती नलिई नेपाल आएर काम गर्नेहरुमा भारतका कामदार धेरै छन् ।

विशेषगरी हाइड्रोपावर कम्पनी, एयरलाइन्स, डाक्टरलगायत दक्ष र प्राविधिक जनशक्तिहरु नेपाल आउने गरेका छन् । नेपालमा सञ्चालन भएका विदेशी प्रतिष्ठानले पाँच प्रतिशत विदेशी श्रमिक राख्न सक्ने कानुनी व्यवस्था छ । सोही अनुसार विदेशी कामदार नेपाल आउने गरेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता मणिनाथ गोपले बताए ।

केही क्षेत्रका लगानी आवश्यक जनशक्ती नेपालमा दक्ष नभएकाले पनि विदेशबाट ल्याउने गरेको उनको बुझाइ छ । “नेपालमा प्रशस्त जनशक्ति छैन । त्यसैले विदेशी कम्पनीलहरुले नेपालमा आफ्नो कम्पनी खोल्ने वित्तिकै नेपाल सरकारसँग सम्झौता गरी विदेशी कामदार ल्याउँछन् ।”

कानुनी व्यवस्था अनुसार विदेशी कामदारहरु नेपालमा १२ वर्षसम्म काम गर्न पाउँछन् । सो अवधिमा पछि उनीहरुको श्रम स्वीकृती खारेज हुन्छ । गृह मन्त्रालय र सम्बधित निकायको श्रम स्वीकृती लिएर मात्र उनीहरुले नेपालमा काम गर्न पाउने बताउँदै उनले भने, “विदेशी कामदारहरु १२ वर्षसम्म मात्र नेपाल बस्न पाउँछन्, त्यसपछि उक्त कम्पनीमा काम गर्ने नेपाली कामदारले नै हो । नेपालीले काम नसिक्ने बेलासम्म मात्र उनीहरु नेपालमा बस्न पाउँछन् ।” नेपालमा बढी मात्रमा चीन, बेलायत, अमेरिका, जापान, इन्डोनेसिया, दक्षिण कोरिया, अस्टे«लिया, भारत, श्रीलङ्का, जर्मनी, बङ्गलादेश, फ्रान्स, स्पेन, स्वीजरल्याण्डलगायतका देशका कामदार आएको विभागले जनाएको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार साउनदेखि माघ २४ गतेसम्म ६४ देशका नागरिकले श्रम स्वीकृती लिएका छन् । कुल ६४ देशका १ हजार ३११ जना विदेशी नेपाल भित्रिएका हुन् । जसमा ६ सय ९० जना पुरुष र ८१ जना महिला गरी ७ सय ७१ जनाले पुनः श्रम श्रम स्वीकृती लिएका छन् भने ४ सय ५७ पुरुष र ८३ जना महिला गरी ५४० जनाले नयाँ श्रम स्वीकृती लिएको विभागले जनाएको छ ।

विभागका अनुसार ६ महिनामा सबैभन्दा धेरै चीनका नागरिकले श्रम स्वकिृती लिएका छन् । चीनबाट ८ सय ९६ जनाले श्रम स्वीकृती लिएका छन् । जसमध्ये ५ सय ४६ जनाले नयाँ श्रम स्वीकृती लिएका छन् भने ३५० जनाले पुन श्रम स्वीकृती लिएका हुन् । यस्तै चीन पछि सबैभन्दा धेरै श्रम स्वीकृती लिने देशमा बेलायत र अमेरिका रहेका छन् । उक्त देशहरुबाट ४९–४९ जनाले श्रम स्वीकृती लिएका छन् ।

यसैगरी, कोरियाबाट ३५ जनाले श्रम स्वीकृती लिदाँ जापानबाट ३१ जनाले श्रम स्वीकृती लिएका छन् । यस्तै भारतबाट २६ जनाले श्रम स्वीकृती लिएका छन् भने अस्ट्रेलियाबाट १५ जनाले श्रम स्वीकृती लिएका छन् ।

सात वर्षमा १२ हजार विदेशी कामदार नेपालमा

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार सात वर्षमा १२ हजार ५०१ जना विदेशी कामदार नेपाल भित्रिएका छन् । जसमा ११ हजार ५५ जना पुरुष छन् भने १ हजार ४४६ जना नेपाली रहेका छन् । जुन श्रम स्वीकृती र पुन श्रम स्वीकृती लिनेको संख्या हो ।

विभागका अनुसार सात वर्षमा पुनः श्रम स्वीकृती लिनेको संख्या ४ हजार ५६९ रहेको छ । श्रम स्वीकृती लिनेको संख्या ७ हजार ९ सय ३२ रहेको छ । सात वर्षमा सबैभन्दा धेरै चीनबाट ८ हजार ८७४ जना कामको सिलसिलामा नेपाल आएका छन् । जसमा ३ हजार ६ जनाले पुनः श्रम स्वीकृती लिएका हुन् भने ५ हजार ८६८ जनाले नयाँ श्रम स्वीकृती लिएका हुन् ।

यस्तै, चीन पछि सबैभन्दा धेरै कामदार बेलायतबाट आएका छन् । बेलायतबाट सात जर्षको अवधिमा ५ सय ५२ जना कामको खोजीमा नेपाल आएका छन् । बेलायतबाट पुनः श्रम स्वीकृती लिएर आउने ३ सय १६ जना छन् भने नयाँ श्रम स्वीकृती लिएर आउने २३६ जना रहेका छन् । यसैगरी, बेलायत पछि सबैभन्दा धेरै कामदार अमरिकाबाट आएका छन् । सात वर्षको अवधिमा अमेरिकाबाट ३ सय ९९ जना कामदार नेपाल आएका छन् । अमेरिकाबाट १ सय ७० जना पुनः श्रम स्वीकृती लिएका आएका हुन् भने २ सय २९ जना नयाँ श्रम स्वीकृती लिएर आएका हुन् ।

विदेशी कामदार नेपालमा आएर काम गरिरहँदा नेपाली श्रमिक भने कम पारिश्रमिकमा नै विदेशीन बाध्य छन् । चालु आर्थिक वर्ष (२०८०\८१)को ६ महिनामा मात्रै तीन लाख ४३ हजार जना कामको खोजीमा विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार सबैभन्दा धेरै युएइका लागि १६ हजारले श्रम स्वीकृति लिएका छन् भने साउदी अरब र कतार १४ हजार, मलेसिया आठ हजार, कुवेत तीन हजार र कोरिया एक हजार जना गएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।