‘एनसेलबारे छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर’

0
Shares

प्रतिनिधिसभाको लेखा समितिले एनसेलको सेयर बिक्रीबारे छानबिन समितिले बुझाएको प्रतिवेदन उपलब्ध गराउन सरकालाई निर्देशन दिएको छ।

आइतबार बसेको समितिको बैठकले एनसेल सेयर बिक्रीबारे छानबिन समितिले बनाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न निर्देशन दिने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई तत्काल उक्त प्रतिवेदनको प्रति समितिलाई समेत उपलब्ध गराउन निर्देश गरिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।