नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको वर्गिकरण, सबैभन्दा धेरै ‘जेड’ वर्गमा

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेप्सेमा सूचीकृत संगठित संस्थाहरुको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ११ बमोजिम नेप्सेमा सूचीकृत कम्पनीहरुको चालु आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्मको अद्यावधिक विवरणअनुसार संगठित संस्थाहरुको वर्गीकरण गरेको हो।

नेप्सेले २७१ सूचीकृत कम्पनीहरुलाई ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी चार समूहमा वर्गीकरण गरेको छ। नेप्सेका अनुसार सबैभन्दा धेरै कम्पनी ‘जेड’ समूहमा रहेका छन । यो समूहमा १३५ वटा कम्पनी रहेका छन । त्यस्तै समूह ‘जी’ मा ७०, ‘बी’, मा ३५ र समूह ‘ए’ मा ३१ वटा कम्पनी मात्रै परेका छन।

समूहमा ‘ए’ ८ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, १ फाइनान्स कम्पनी, ६ वटा लघुवित्त, १ बीमा कम्पनी, ३ वटा जलविद्युत कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी र ३ वटा अन्य समूहका कम्पनी परेका छन् । नेप्सेको वर्गिकरण अनुसार १९ वाणिज्य बैंकहरु मध्ये ८ वटा ‘ए’ मा, ७ वटा ‘बी मा र ४ वटा ‘जेड’ समूहमा परको छन् ।

‘बी’ समूहमा ३५ वटा संस्थालाई राखिएको छ। जसमा ७ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, ६ वटा फाइनान्स कम्पनी, २ वटा लघुवित्त, १४ वटा जलविद्युत कम्पनी, ३ वटा होटेल समूहका कम्पनी र एउटा अन्य समूहका कम्पनी छन्। यस्तै ‘जी’ समूहमा ७० कम्पनी र १३५ वटा कम्पनी जेट’समूहमा परेका छन् ।

सार्वजनिक गरिएको वर्गीकरणमा परेको संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबी गर्न सक्ने नेप्सेले जनाएको छ ।