अर्थतन्त्रले ‘रिफर्म’ खोजेको छ: विज्ञ

0
Shares

विदेशी मुद्रा सञ्चिती, रेमिट्यान्स लगायत बाह्य क्षेत्र सुधार हुँदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको विज्ञहरुले बताएका छन् ।

महिला आर्थिक पत्रकार संघको आयोजना र नबिल बैंकको सह–आयोजनामा भएको नीतिगत बहस कार्यक्रममा बोल्दै बक्ताहरुले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएपनि अझै आन्तरिक क्षेत्रमा किन समस्या भएन भन्दै प्रश्न गरेका छन् । कार्यक्रममा उपस्थित वक्ताहरुले अर्थतन्त्र सुधारको आवश्यकता औंल्याए ।

अर्थविद् प्रा.डा शिवराज अधिकारीले अब बाह्य क्षेत्र मात्र सहज छ भनेर ढुक्क हुने अवस्था नभएको बताए । उनले भने, ‘बाह्य क्षेत्र ठिक ठाक छ भनेका छौ तर खैत अर्थतन्त्र चलायमान भएको ? अर्थतन्त्रले अब रिफर्म खोजिरहेको छ ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बाह्य क्षेत्र राम्रो भएपनि आन्तरिक क्षेत्रमा अझै समस्या रहेको सही भएको बताए । यद्यपि २ वर्ष अघि भन्दा अहिले केही सुधार भएको पाटोलाई भन्ने भुल्न नहुने बताए । आन्तरिक मागमा कमी आउँदा अर्थतन्त्र गतिशिल हुन नसकेको श्रेष्ठको भनाइ छ । उनले भने, ‘सरकारको वित्त व्यवस्थापनमा कमजोरी भइरहेको छ । वित्तिय नीति ७६१ वटा र मौद्रिक नीति एउटा मात्र छ । मौद्रिक नीतिले धेरै सम्बोधन गरेको छ अब वित्तिय नीतिले पनि बुझेर आफ्नो भुमिका निर्वाह गर्नुपर्छ । ’ डा. श्रेष्ठले मौद्रिक नीतिले गेयर परिवर्तन गरिसकेको बताए ।

यता नेपाल बैंकर्स एसोशियसनका अध्यक्ष सुनिल केसीले नेपाली बैंकहरुले ट्याकल गर्नै नसक्ने अवस्थाबाट बाहिर आइसकेको बताए । तरलताको हिसाबले नेपाली बैंक सबैभन्दा उत्तम अवस्थामा रहेको केसीको भनाइ छ । उनले भने, ‘बैंकहरुले ४० वर्षको अवधिमा अधिकांश समय केही न केही चुनौतीको सामना गरिरहनुपर्यो । तापनि बैकिङ क्षेत्रले गरेको वित्तिय समावेशिताको योगदान उच्च छ । विश्वका शक्तिशाली बैंकहरुमा नकारात्मक संकेत देखिरहेको छ त। नेपालका बैंकहरु सहज अवस्थामा छन् ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ फागुन २०८०, आइतबार  १४ : ४१ बजे