अलास्का एयरलाइन्स घटनापछि बोइङ ७३७ निर्माण कम्पनीका प्रमुखले दिए राजीनामा

0
Shares

जनवरी ५ मा अमेरिकाको ओरेगनदेखि क्यालिफोर्नियाका  लागि उडान भरिरहेको बोइङ ७३७ म्याक्स ९ मोडलको हवाइजहाजको ढोका खसेको थियो । प्राविधिक टोलीले बोइङ ७३७ म्याक्स ९ को ढोकाको नट–बोल्ट कसिलो नभएकाले ढोका खसेको निष्कर्ष निकालेपछि उक्त बोइङ ७३७ उत्पादन गर्ने फ्याक्ट्रीका प्रमुख एड क्र्लाकले राजीनामा दिएका छन् ।

बोइङ ७३७ मोडलका जहाजहरु वासिङ्टनको रेन्टन स्थित सहरमा रहेको फ्याक्ट्रीमा निर्माण हुने गरेका छन् । बुधबार रेन्टनस्थित फ्याक्ट्रीका प्रमुख तथा बोइङ ७३७ का कार्यकारी प्रमुख एड क्र्लाकले कम्पनी छोडेका हुन् ।

क्र्लाकले बोइङ कम्पनीमा १८ वर्ष देखि काम गरिरहेका छन् । सन् २०१८ मा इथोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स मोडल क्र्यास भएको थियो । क्र्लाकले रेन्टनस्थित फ्याक्ट्रीमा दुर्घटना भएको जहाजका पाटपुर्जा पुर्ननिर्माण गर्ने र बोइङ ७३७ म्याक्स मोडलका जहाजहरु निर्माण गरिरहेको थियो ।

जनवरी ५ मा अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ मोडलको जहाजको ढोका उडानको क्रममा खसेपछि चालक दलका सदस्यहरुले १७१ यात्रु सवार जहाजको आकस्मिक अवतरण गराएको थियो । सबै यात्रु सकुशल रहेतापनि फेडरल एभियसन एडमिनिस्ट्रेसनले बोइङ ७३७ मोडलका १७१ जहाजहरु ग्राउन्डेड राख्न आदेश दिएको थियो । यसैबीच बोइङले आफ्नो गल्ती स्वीकार गर्दै डेलिभर नभएका जहाजहरुमा दोहो¥याएर सुरक्षा मापदण्ड जाँच गरेको थियो ।

अलास्का एयरलाइन्सको घटनापछि बोइङ कम्पनीका विभिन्न पदहरुमा नेतृत्व परिवर्तन भएको छ । यसै क्रममा एड क्र्लाकको नेतृत्वमा कम्पनीले क्याटी रिङगोल्डलाई चयन गरेको छ । क्याटीले यस अघि अन्तराष्ट्रिय ग्राहकहरुलाई बोइङ ७३७ डेलिभर गर्ने काम गर्दै आएकी थिइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।