निर्जीवन बीमा व्यवसाय २.९१% ले खुम्चियो, ७ महीनामा २२ अर्ब ३९ करोड बीमाशुल्क संकलन

0
Shares

चालु आर्थिक वर्ष २०८०–८१ को ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमा ब्यवसायमा २.९१ प्रतिशतले घटेको छ ।  गत आर्थिक वर्षको माघ मसान्तसम्ममा २३ अर्ब ६ करोड २९ लाख ८२ हजार रुपैयाँ निर्जीवन बीमाशुल्क संकलन भएकोमा हाल २२ अर्ब ३९ करोड २२ लाख ८७ हजार रुपैयाँ मात्र संकलन भएको हो ।

२०८० साउनदेखि माघ मसान्तसम्मकाे अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १६ लाख ७१ हजार १०६ ओटा बीमालेख जारी गरेका छन् । गत आवको यसै अवधिमा १६ लाख ३६ हजार २८४ ओटा बीमालेख बिक्री गरेका थिए ।

चौध मध्ये ६ कम्पनीको व्यवसायमा घट्यो

सञ्चालनमा रहेका चौधमध्ये ६ ओटा कम्पनीको कुल संकलित बीमाशुल्क घटेको छ । ठूलो कारोबार गर्दै आएका कम्पनीको व्यवसायमा संकुचन आउँदा साना कम्पनीहरुको भने बढेको छ ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार अघिल्लो माघको तुलनामा चालु आवको माघसम्मको बीमाशुल्क संकलनका आधारमा राष्ट्रिय बीमा कम्पनीको सर्वाधिक ४२.६८ प्रतिशतले बीमाशुल्क संकलन रकम घटेको हो । यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १५.९७ प्रतिशत, यूनाइटेड अजोड इन्स्योरेन्सको १३.७२ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमाशुल्क ४.८८ प्रतिशत, शिखर इन्स्योरेन्सको २.८४ प्रतिशत र नेपाल इन्स्योरेन्सको बीमाशुल्क संकलन रकम अघिल्लो माघको तुलनामा १.८१ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा नेशनल इन्स्योरेन्सले सर्वाधिक १९.२९ प्रतिशतले बीमाशुल्क रकम बढाउँदा प्रभु इन्स्योरेन्सले १७.१७, सानिमा जीआईसी इन्स्योरेन्सको १२.६८ प्रतिशत, दि ओररियन्टल इन्स्योरेन्सको ११.४६ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १०.०५ प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ६.८५ प्रतिशत, नेको इन्स्योरेन्सले ६.७२ प्रतिशत र एनएलजि इन्स्योरेन्सको बीमा ब्यवसायमा २.३६ प्रतिशतको सुधार आएको छ ।

निर्जीवन बीमा कम्पनीहरूद्वारा संकलित कूल बीमाशुल्क रकम (रू.लाखमा)
क्र.सं.  बीमा कम्पनी २०८० माघ मसान्तसम्म  २०७९ माघ  मसान्तसम्म वृद्दि/ह्रास
1 National Insurance 6,944.89 5,822.09 19.29
2 Prabhu Insurance 10,849.14 9,259.11 17.17
3 Sanima GIC Insurance Company 13,492.29 11,973.74 12.68
4 The Oriental Insurance 9,370.57 8,406.87 11.46
5 Himalayan Everest Insurance 18,687.90 16,981.12 10.05
6 IGI Prudential Insurance 19,395.38 18,151.65 6.85
7 Neco Insurance 18,741.57 17,561.29 6.72
8 NLG Insurance 14,360.22 14,028.59 2.36
9 Nepal Insurance 8,737.24 8,898.02 -1.81
10 Shikhar Insurance 28,956.56 29,803.32 -2.84
11 Sagarmatha Lumbini Insurance 26,721.40 28,093.17 -4.88
12 United Ajod Insurance 15,232.31 17,653.67 -13.72
13 Siddhartha Premier Insurance 22,699.14 27,014.28 -15.97
14 Rastriya Beema Company Limited 9,734.28 16,982.93 -42.68
Total 223,922.89 230,629.85 -2.91

 

माघ मसान्तसम्ममा २२ अर्ब ३९ करोड बीमाशुल्क संकलन

निर्जीवन बीमा कम्पनीले माघ मसान्तसम्ममा २२ अर्ब ३९ करोड २२ लाख ८९ हजार रुपैयाँ बीमाशुल्क संकलन गर्दा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै संकलन गरेको छ । माघ मसान्तसम्ममा सर्वाधिक बीमा शुल्क आर्जन गरेकोे शिखरले २ अर्ब ८९ करोड ५६ लाख ५६ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । शिखर इन्स्योरेन्सले माघ महीनामा सबैभन्दा धेरै निर्जीवन बीमा व्यवसाय विस्तार गरेको छ । मर्जरमा गएका ६ ओटा कम्पनीलाई उछिन्दै शिखर पहिलो स्थान सुरक्षित गरेको हो ।

यसैगरी दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माघ मसान्तसम्ममा २ अर्ब ६७ करोड ४१ लाख ४० हजार रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब २६ करोड ९९ लाख १४ हजार रुपैयाँ संकलन गरेको छ । यस अवधिमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ९३ करोड ९५ लाख ३८ हजार रुपैयाँ, हिमालयन एभरेष्टले १ अर्ब ८६ करोड ८७ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ८७ करोड ४१ लाख ५७ हजार रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५२ करोड ३२ लाख ३१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार माघ मसान्तसम्ममा एनएलजी इन्स्योरेन्सले १ अर्ब ४३ करोड ६० लाख २२ हजार रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब ३४ करोड ९२ लाख २९ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ अर्ब ८ करोड ४९ लाख १४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरी राष्ट्रिय बीमा कम्पनी ९७ करोड ३४ लाख २८ हजार रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सको ९३ करोड ७० लाख ५७ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले ८७ करोड ३७ लाख २४ हजार रुपैयाँ बीमाशुल्क संकलन गर्दा सबैभन्दा कम प्रिमियम संकलन गरेको नेशनल इन्स्योरेन्सको माघ मसान्तसम्ममा ६९ करोड ४४ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

माघमा ३ अर्ब निर्जीवन बीमाशुल्क संकलन, मर्जरका कम्पनीलाई उछिन्दै शिखर पहिलो

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।