सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेकर, थप ४० मिनेटका लागि सेयर कारोबार रोकियो

0
Shares

सोमबारको सेयर बजारमा दोस्रो पटक सर्किट ब्रेकर लागेको छ । कारोबार सुरु भएको तीन मिनेटमा नै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको नेप्सेमा पहिलो सर्किट लागेर खुलेको एक मिनेटमा नै नेप्से थप एक प्रतिशतले बढेर ५.०३ प्रतिशत वृद्धि भएपछि दोस्रो पटक सर्किट ब्रेकर लागेको हो।

दोस्रो पटक सर्किट लागेसँगै ११ बजेर २४ मिनेटमा नेप्सेले सेयर बजार अर्को ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ । यससँगै अब १२ बजेर ४ मिनेटपछि खुल्नेछ । तेस्रो पटक पनि थप एक प्रतिशत बढेमा आजका लागि पुरै दिनभरका लागि सेयर कारोबार बन्द हुनेछ ।

एकीकृत माओवादी र कांग्रेसको सत्ता गठबन्धन भत्किएर आजै एमाले सहित नयाँ गठबन्धन बनी सानो आकारको मन्त्रिपरिषद् समेत निर्माण हुने खबर सार्वजनिक भएसँगै नेप्सेमा लगातार सर्किट ब्रेकर लागेको हो ।

नयाँ सत्ता समीकरण नयाँ बन्ने भएपछि लगानीकर्ता उत्साहित भएका हुन् । एकीकृत माओवादी एमालेको सत्ता समीकरणले नेपाल स्टक एक्सेञ्जले खुलेर स्वागत गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।