ठमेल भित्रको ठमेल ‘छायाँ सेन्टर’


नेपालको प्रमुख पर्यटकीय केन्द्र मध्य एक हो ठमेल, ठमेल आउने पर्यटकका लागि सबै किसिमका सेवा उपलब्ध हुने एक मात्र गन्तब्य बन्दैछ ‘छायाँदेवी कम्प्लेक्स’ अर्थात छाँया सेन्टर । जसलाई ‘ठमेलभित्रको सानो ठमेल’ अर्थात ‘मिनी ठमेल’ को संज्ञा दिन सकिन्छ । ठमेलमा उपलब्ध अधिकांस वस्तु तथा सेवालाई एकै छाना मुनी समेट्ने क्रममा छाँया सेन्टरलाई ठमेल भित्रको ठमेलका रुपमा प्रबद्र्धन गरिएको हो ।

ठमेलस्थित कर्मचारी सञ्चयकोष र मल्ल होटलको मध्य भागमा करिब १५ रोपनी क्षेत्रमा बनेको मुलुककै सुविधा सम्पन्न र भव्य कम्प्लेक्स छायाँ सेन्टरमा २ सय ५० वटा पसल सञ्चालनमा आउँदै छन् । अहिले नै धेरै पसलहरु सञ्चालनमा आईसकेका छन् भने अरु पसलहरु सञ्चालनमा आउने क्रम जारी छ । आफ्नै आँगनमा तयार भएको भव्य व्यवसायिक प्रतिष्ठानले ठमेलबासीमा उत्साह थपेको छ ।

बाइट १ ः विश्वम्भर लाल प्रधान, पुर्ववडाध्यक्ष, कामपा २६ । (बाइट १)

….छाँया सेन्टर एउटा बिजनेस हाउस हो, आएर किन्यो, त्यहाँ त्यत्रो ठूलो महल बन्यो, जसले ठमेलको लागि र मूख्य यो भवनवाहल क्षेत्रको लागि आर्थिक रुपमा कोशे ढुंगा हुन्छ भन्ने कुरामा कुनै विवाद नै छैन ।…. बाइट १

अन्तर्रा्ष्ट्रिय फेसन ब्राण्डका शोरुम, हस्तकलाका पसल, रेस्टुराँ, फूडकोर्ट, स्पा, पार्लर, बैंकका शाखा, एयरलाइन्स, ट्राभल एजेन्सी तथा विभिन्न कम्पनीका कर्पोरेट कार्यालयहरु छाँया सेन्टरको एउटै छाना मुनि अटाएका छन् । नेपालकै नमूना र व्यस्त कम्प्लेक्सका रुपमा छाँया सेन्टरको उदय हुनेमा यसका लगानीकर्ताहरु आशावादी छन् ।

ठमेलमा बनेको यो भव्य संरचना, अनि यसले बिस्तार गरेको व्यवसाय, स्थानीयसँगको समन्वय लगायत कारणले स्थानीयबासी पनि छाँया सेन्टरप्रति आशावादी छन् । समग्र ठमेलको विकासका साथै आर्थिक कृयाकलापमा छाँया सेन्टरको भुमिका महत्वपुर्ण हुने बुझाई ठमेलबासीमा छ ।

बाइट २ ः बालगोपाल कपाली, स्थानीय (बाइट १) ।

………विकास हुन खोजेको छ । यत्रो लगानी गरिसक्नु भयो उहाँहरुले । हामीलाई हानी भएको छैन । यसो हेर्दा फाईदा नै भएका छ । सेर वाल लगाईदिनु भयो उहाँहरुले । हाम्रो जगको मुनि सम्म उहाँहरुले प्रोजेक्सन गरेको छ । ०७२ सालको भुकम्पमा कसैको पनि घर भत्किएन । सुरक्षा दिएको छ । २०७२ सालमा भुकम्पमा आफ्नो र छिमेकीको मा बस्न नमिल्ने हुँदा साथिभाईको साथ लिएर ३५१ जना सहयोग गरेर बास दिनु भएको थियो । राम्रो भनौं कि नराम्रो भनौं ? ………. बाइट १

७ वटा सुविधासम्पन्न आधुनिक किसिमका रेष्टुरेन्टले छाँया सेन्टर पुग्ने जो कोहीलाई पनि आकर्षित गर्छ । अझ सस्तो मूल्यमा पाइने सेवाका कारण न्युन आय भएकाहरु प्नि छाँया सेन्टरका वस्तु तथा सेवामा अभ्यस्त हुन सक्छन् । उच्च तथा मध्यम वर्गका लागि मात्र नभई सामान्य किसिमको जीवनशैली बिताउनेहरुलाई पनि छाँया सेन्टर उचित गन्तव्य बनाउनेमा लगानीकर्ताहरु सजग छन् ।

बाइट ३ ः सुमन पाण्डे, निर्देशक, छाँया सेन्टर । (बाइट १)
……..आजको दिनमा जुन हिसाबले छाँया सेन्टरको निर्माण सम्पन्न भयो, नेपालभर नै र अझैभन्दा सार्क राष्ट्रभरिनै पर्यटनलाई मध्य नजर गरेर, मुख्य आधार मानेर सम्पूर्ण बिजनेस कम्प्लेक्स, अनेक सुविधा भएको, जुन यहाँ बनेको छ, यसले आगामि दिनमा उपत्यका भित्र हाम्रा डोमेस्टिक कन्जुमरहरुलाई एकै ठाउँमा सबै कुरा पाईने क्षेत्र बन्छ । अर्कातिर, विदेशबाट आउने पर्यटकको लागि पनि उल्लेखनिय भुमिका खेल्छ भन्ने हामीले महसुस गरेका छौं । ………. बाइट १

नेपालको सिनेमा व्यवसायमा नयाँ अध्यायको सुरुवात गरेको क्युएफएक्स सिनेमाका तीनवटा सिनेमा हल पूर्ण रुपमा सञ्चालनमा आई सकेका छन् । अहिले छाँया सेन्टरमा सिनेमा हेर्नका लागि जानेहरुको संख्या दिनहु बढिरहेको छ । छाँया सेन्टरको चौथो तल्लामा रहेको सिनेमा हलसँगैको फूड कोर्टले आगन्तुकहरुलाई केही समय बिताउने वाताबरण बनाएको छ ।

सस्तो मूल्यमा खाना, खाजाका साथै विभिन्न किसिमका परिकार चाख्नका लागि फूड कोर्ट पुग्नेहरुको उपस्थिती अहिले नै बाक्लो बनिसकेको छ । सामान्य किसिमका कार्यक्रमहरु समेत सञ्चालन गर्न सकिने भएकाले पनि फुड कोर्ट आगन्तुकका साथै कार्याक्रम गर्न चाहनेहरुका लागि उचित गन्तव्य बनिसकेको छ ।

बाइट ४ ः सुमन पाण्डे, निर्देशक, छाँया सेन्टर । (बाइट २)

….प्रर्दशनि भनेको आफ्नो उत्पादनहरु बिक्रि गर्नको लागि ‘बि टु बि’ र बजारसँग आफ्नो उत्पादन पुर्याउनका लागि निकै महत्वपूर्ण छ । संसारभर यस्तो चलन चलिरहेको छ । अन्य देशमा त प्रर्दशनिको लागि विषेश ठाउँ नै हुन्छन् । हाम्रो नेपालमा त्यस्तो अवस्था छैन । भएको एउटामा संसद बसेको छ र अर्को भृकुटिमण्डपमा अनेक कार्यक्रम हुन्छन् । एउटा सामान्य मान्छे, जसले बिजनेस गर्छ, उसको लागि पाँच तारेहोटलमा प्रर्दशनी राख्छु भन्नु निकै महंगे पर्छ । छाँया सेन्टरले उहाँहरुको लागि चाहिने जस्तो ठाउँ र चाहिने जस्तो सेवा लिएर आएको छ । प्रर्दशनिको लागि चाहिने कुरा भनेको पार्किङ्ग हो । हामीसँग ४५० वटा गाडि पार्किङ्ग गर्न सक्ने क्षमता छ । हामीेले प्रर्दशनिकै लागि ठाउँ छुट्टाउने काम गर्दै छौं । भोलीको दिनमा एउटा मझौला किसिमको व्यापारि आफ्नो उत्पादनको प्रर्दशनि गर्न चाहन्छ भने त्यसको लागि छाँयासेन्टर उपयुक्त ठाउँ हुन जान्छ । …. बाइट २

ठुला किसिमका कार्यक्रम सञ्चालन गर्नका लागि पाँच वटा सभा हल र १ हजार वर्गफिट क्षमताको ब्याङवेट हलसमेत रहेका कारण कहाँ कार्यक्रम गर्ने ? भन्नेहरुलाई छाँया सेन्टर उचित गन्तव्य बन्न सक्छ ।

त्यसै गरी छाँया सेन्टरको मध्य भागमा मझौला किसिमका प्रदर्शनी तथा विभिन्न किसिमका कार्यक्रमहरु गर्नका लागि कोर्टयार्ड बनाइएको छ । ठमेलमा ठुला किसिमका कार्यक्रम गर्ने स्थानको अभावलाई मध्यनजर गर्दै छाँया सेन्टरले तयार गरेको यो कार्टयार्डमा विभिन्न किसिमका प्रदर्शनी तथा कार्यक्रमहरु आयोजना भैरहेका छन् ।

स्वदेशी तथा विदेशी पर्यटकलाई सम्पूर्ण सेवा–सुविधा एकै स्थानमा उपलब्ध गराउने लक्ष्य छाँया सेन्टरले लिएको छ । अहिले त्यसैको याजनामा विभिन्न किसिमका तयारी तथा तिनको कार्यान्वायनमा छाँयाँ सेन्टरले आफ्नो व्यवस्तता बढाउँदै लगेको छ । नमुना कम्प्लेक्सको रुपमा विकास गर्न लागिएको छाँया सेन्टर २४ घण्टा नै खुल्ला रहनेछ । पर्यटक सुरक्षाका लागि प्रहरी र आफ्नै सुरक्षा टिम खटिने छन् ।
ठमेलको शान बढाउने विश्वास लिइएको यस छाँया सेन्टरले संसारको जुनसुकै कुनाबाट पनि सामान खरिद गर्न सक्ने व्यवस्था आगन्तुकहरुका लागि मिलाउँदैछ । ठमेलको बजारलाई अन्तराष्ट्रियस्तरमा बजारीकरण गर्दै बढीभन्दा बढी पर्यटक भित्र्याउने योजनालाई केन्द्रमा राखेको छ । छाँया सेन्टरको यो अभियान पर्यटन क्षेत्रको विकासमा कोशेढुंगा सावित हुनेमा पर्यटन व्यवसायी आशावादी छन् ।

बाइट ५ ः चन्द्र रिजाल, अध्यक्ष, टान । (बाइट १)

…ठमेल अलिकति अव्यवस्थित छ, हामीले देखेका छौं । आधुनिक युगका विचार र सोचको आधारमा छाँया सेन्टर बनेको छ । मिनि ठमेलको रुपमा बनेको छ । यसले वरपरको स्थान र ठमेललाई पनि हरेक तवरबाट विकसित बनाउन मद्दत गर्छ । र यसले ठमेल मात्र होईन, नेपालकै नमुनाको रुपमा स्थापित हुन्छ छाँया सेन्टर । यो एउटा नमुना र आदर्श व्यवसायको रुपमा र पर्यटकिय क्षेत्रको रुपमा बन्छ भन्ने विस्वास छ । …….. बाइट १

स्थानीय जनप्रतिनिधि पनि पर्यटकीय नगरी ठमेल र ठमेलभित्रकै अर्को ठमेल छाँया सेन्टरले पर्यटन प्रवद्र्धनका साथै समग्रमा ठमेलको विकास र सम्पदा संरक्षणमा पनि राम्रो भुमिका खेल्ने अपेक्षा गर्छन् ।

बाइट ६ ः खेम तिवारी वडाअध्यक्ष, कामनपा २६ । (बाइट १)
……नेपालकै मुटु पर्यटक नगरि ठमेल र ठमेलभित्रकै अर्को ठमेल छाँया सेन्टर बनेको छ । र यसले समग्रमा ठमेलको विकास र सम्पदा संरक्षणमा पनि राम्रो भुमिका खेल्छ भन्ने अपेक्षा राख्दछु । ….. बाइट २

काठमाण्डौं क्षेत्र नम्बर ६ का सांसद भिमसेनदास प्रधान पनि छाँया सेन्टरको उपस्थितीले ठमेलको विकासमा केही टेवा पुग्नेमा आशावादी देखिन्छन् । सबै पक्षले समग्र ठमेलको विकासमा सहकार्य गरेको खण्डमा ठमेलको अहिलेको अवस्थामा केही सुधार हुने उनको बुझाई छ ।

बाइट ७ ः भिमसेनदास प्रधान, प्रतिनिधि सभा सदस्य, काठमाण्डौं ६ । (बाइट १)

….अहिले छाँया सेन्टर जाने बाटोमा बर्खाको समयमा ढल सधैं फुट्थ्यो । त्यहाँका वरपरका मान्छेले आफूले नभएर चुनावमा जित्नेले मात्र ठमेल बनाउने जिम्मा लिनुपर्ने बताएका थिए । तर, ठमेललाई विकास गर्न सबैको हात छ । सरकार, ठमेलवासी र ठमेलमा भएका व्यवसाही सबैको हात छ ठमेललाई विकास गर्नमा । छाँया सेन्टरलाई हेर्दा म यिनै कुरा देख्छु । छाँया सेन्टर बनेपछि त्यहाँको समग्र विकास हुने देखेको छु । त्यहाँ पर्यटकलाई पनि झन धेरै मात्रामा ल्याउन सकिन्छ जस्तो पनि लाग्छ । छाँया सेन्टर आएपछि वरपरका सम्पदाहरुको पनि विकास हुने देखेको छु । ….(बाइट १)

कम्प्लेक्समा नै पाँचतारे होटेल अलफ्ट पनि संचालनको क्रममा रहेको छ । यो होटेल स्टारउडको ‘अलफ्ट ब्रान्ड’का नाममा सञ्चालनमा आउन लागेको हो । स्टारउडले अहिले विश्वभर एक दर्जन ब्रान्ड मार्फत चेन होटेलहरु सञ्चालन गर्दै आएको छ । जसमा अलफ्ट बिजनेश होटल, सेराटन, डब्लू होटल, फोरपेन्ट्स, लि मेरिडियन, लक्जरी कलेक्सन, इलेमेन्ट, स्टार रेजिस, स्टारउड प्रिफररेड गेष्ट रहेका छन् । यो होटलको व्यवस्थापन पनि उसैले हेर्नेछ । अलफ्टसँग होटलको सबै ब्रान्डिङ र व्यवस्थापनको जिम्मा लिने गरी सम्झौता भएको छ ।

छायाँ सेन्टर कम्प्लेक्सको पाँचौंदेखि १५औं तलासम्म अलफ्ट होटल सञ्चालन हुन लागेको हो । जसमा १७५ वटा कोठा रहनेछन् । होटलका सबै सुविधा डिलक्स हुने छन् ।

होटलमा कार्यक्रमहरु गर्न खुला स्पेश पनि उपलब्ध छ । होटलभित्र ब्यांक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, स्विमिङ पुल, क्लब लगायत सुविधा उपलब्ध छ । यहाँ ५० भन्दा बढी सुईट रुमहरु रहनेछन् । अरु कोठा डिलक्स सुविधाका हुनेछन् । यहाँका हरेक कोठाहरु विशेष डिजाइनमा तयार हुनेछन् । हरेक कोठाहरुबाट काठमाडौंसहित पहाड र हिमालहरुको दृश्यावलोकन गर्न सकिने छ । साथै उक्त कम्प्लेक्समा होटलसहित क्यासिनो पनि संचालनमा ल्याउने तयारी भैरहेको छ । यसले होटलमा आउने पर्यटकहरुलाई छाँया सेन्टर भित्र नै सबै किसिमका सेवा दिने अभियानमा मद्धत पुग्नेछ ।

बाइट ८ ः महेश्वर श्रेष्ठ, प्रबन्ध निर्देशक, छाँया सेन्टर । (बाइट १)
….ठमेल एउटा पर्यटकिय ठाउँ हो । र ९० प्रतिशत पर्यटक त्यहाँ जान्छन् । जहाँ बसेको जस्तो पर्यटक पनि ठमेल जान्छ । तर, ठमेल आफैंमा राम्रो बस्ने सुविधा भएको छैन । त्यसैकारण हामीले एउटा व्यवस्थित ठमेल बनाउने सोचले अगाडि बढेका थियौं । हामीले अहिले त्यहाँ एउटा मिनि ठमेल बनाएका छौं । सुविधा सबै पाईने ठाउँ बनाएका छौं । र मलाई लाग्छ यो प्रोजेक्टले ठमेल मात्रै नभएर नेपालकै पर्यटकिय क्षेत्रलाई सहयोग गर्छ । र यसमा यत्ति धेरै अर्थतन्त्रमा पनि निकै सहयोग गर्छ । … बाइट १

अन्डरग्राउन्ड बेसमेन्टको दुई तलालाई सवारी साधनको पार्र्किङस्थल बनाइएको छ । जहाँ ४ सय सवारी पार्क गर्न सकिन्छ । जसले समग्र ठमेलको पार्किङ समस्या समाधानमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

छायाँ सेन्टरको लोअर अन्डरग्राउन्ड बेसमेन्टमा प्लेव्याईले डिस्को थेक सञ्चालनमा ल्याइसकेको छ । लोअर ग्राउन्डमा डिस्कोसँगै डिपार्टमेन्टल स्टोर, क्यासिनो, गाडी तथा मोटरसाइकल पार्किङस्थर सञ्चालन गरिएको छ । भुई तल्लामा विभिन्न किसिमका पसलहरु सञ्चालनमा छन् भने पहिलो तल्लामा पसलहरुसँगै रेष्टुरेण्टहरु सञ्चालनमा छन् ।

दोस्रो तलामा पनि तीनवटा रेष्टुरेन्टसँगै पसलहरु सञ्चालनमा आउने छन् । तेस्रो तलामा विभिन्न कम्पनीका कर्पोरेट कार्यालयहरु, बैंकका शाखाहरु, एयरलाइन्स तथा ट्राभल एजेन्सीका कार्यालयहरु छन् । चौथो तलामा तीनवटा सिनेमा हल र फुड कोर्ट, ब्याङ्कवेट हल, मिटिङ हलका साथै पसलहरु रहेको छाँया सेन्टरको पाँचौ तलादेखि १५ औं तलासम्म पाँचतारे होटल ‘अलफ्ट काठमाडौं’ सञ्चालनमा आउन लागेको छ । चौथो र पाँचौं तलामा मल्टिप्लेक्स समेत सञ्चालन हुनेछ ।

नेपालमा पर्यटनको ठूलो सम्भावना रहेकाले होटेल सँगै सबै सेवा सुविधा सम्पन्न कम्लेक्स सञ्चालनमा आएको छायाँ सेन्टरका निर्देशक सुमन पाण्डे बताउँछन् । ‘यो कम्प्लेक्स नेपालमै नमुना बनेको छ । ठमेलभित्रका सबै सुविधा यहीँ छ,’ उनी भन्छन्,’यसले ठमेलको पर्यटनलाई मात्रै हैन, समग्र नेपाली पर्यटन क्षेत्रको स्तरवृद्धि गर्न सहयोग र्पुयाउनेछ ।’

वाइट ९ ः सुमन पाण्डे, निर्देशक, छाँया सेन्टर । (बाइट ३)

…..ठमेलमा सबै कुराको उपलब्धता छ । यी सबै सेवाहरुलाई एउटै छतमुनि उपलब्ध गराउने दृष्टिकोणका साथ छाँया सेन्टर बनाईएको हो । अहिले हामीसँग पाँच तारे होटल, तीन वटा सिनेमा हल, विदेशी र स्वदेशि सामान विक्रि गर्ने कक्षहरु छन्, क्यासिने छ । बाहिरबाट आएका मान्छेहरुको लागि छाँया सेन्टर भित्र एएटा अर्को ठमेल भेटिन्छ । अर्कै किसिमको वातावरण छ । जस्तो महसुस ठमेलमा मान्छेले गर्छन, त्यस्तै महसुस छाँया सेन्टरमा पनि गर्छन ।…….. बाइट ३

स्वदेशी लगानीमा बनेका पुर्वाधार तथा आयोजनामा केही व्यक्तिको स्वार्थले आक्रमणको प्रयास हुन थाले पछि स्वदेशी लगानीकर्ता लगानी असुरक्षित भएकोमा संचालकहरु मात्र होईन स्वयम भगवानबहाल गुठीका साथै पर्यटन क्षेत्रका अन्य सरोकारवालाहरु पनि चिन्तित छन् ।

बाइट १० ः रहेन्द्रप्रसाद प्रधान, प्रमुख, भगवानबहाल गुठी । (बाइट १)

…समय अनुसार कानुन अनुसार सबै भएको हो । गुठि ऐन नै नल्याउनु पथ्र्यो । गुठि ऐन आएपछि अम्बिका राणाले त्यसलाई आफ्नो जग्गा बनाएर यो छाँया सेन्टरलाई बेच्यो । छाँया सेन्टरलाई बेचेपछि त्यो छाँया सेन्टरको जग्गा भयो । छाँया सेन्टरले पोखरी किनेको होईन, जग्गा किनेको हो । आफूले किनेको जग्गामा छाँया सेन्टरले कम्प्लेक्स बनायो । त्यसमा मेरो हिसाबमा विवाद गर्नु उपयुक्त होईन । विवाद गर्ने हो भने गोरख शमसेरसँग विवाद गर्नु पर्यो । जसले पोखरीलाई जग्गा बनायो, उसँग विवाद गर्नु पर्यो । छाँया सेन्टरसँग विवाद गरेर यो सस्तो लोकप्रियता कमाउने उपेक्षासहित सम्पदा बचाउ अभियान ल्याईएको भन्छु । अहिले हामीले पुरानै शैलिमा भगवान वहाल गुठि विहार बचाईरहेका छौं, त्यसमा सहयोग गरौं न सम्पदा बचाउ अभियानका हरुलेग । त्यसमा सहयोग नै छैन ।…

काठमाडौ महानगरपालिका २६ नं का वडा अध्यक्ष खेम तिवारी नगरपालिकाको मापदण्ड अनुसार नक्सा पास भएर बनाएको बिल्डिङ्ग विरुद्दमा बोल्नु युक्तिसंगत नभएको बताउँछन् । सरकारले यसमा उपयुक्त निर्णय लिनुपर्ने उनको भनाई छ ।

बाइट ११ ः खेम तिवारी वडाध्यक्ष, कामनपा २६ । (बाइट २)

….बनिसकेको संरचनाको कुरामा धेरै कुराहरु आउँछन् । कसैले पनि पोखरी होईन भनेर कसैले भनेको छैन । तर, त्यो पोखरीको स्मामित्व अहिले व्यक्तिको रुपमा नेपाल सरकारले धनिपुर्जा दिएर नियमसंगत रुपमा भएको देखिन्छ । जुन ठाउँमा आज भव्य व्यापारिक कम्प्लेक्स बनेको छ । यस्तो अवस्थामा कि नेपाल सरकारले आफ्नो निर्णय सच्याउनु जरुरी छ । धेरै व्यक्तिहरुको लगानि, धेरै व्यापारिक साथिहरुको लगानी, भएर बनेको ठाउँ छ छाँया सेन्टर । त्यो सन्दर्भमा नेपाल सरकारले छिटो एउटा ठोस निणर्य दिन जरुरी छ । ….बाइट २

छायाँ सेन्टर सञ्चालनमा आएपछि स्थानीय बासिन्दा समेत हर्षित छन् । बनिसकेको संचरनाका बिषयमा विवाद उठाउनु जायज नभएको उनीहरुको भनाई छ । यत्रो प्रोजेक्ट गर्नको लागि त नेपाल सरकारसँग कानुनी रुपमा कागज तयार नगरि निर्माण सुरु भएको त थिएन होला ? स्थानीय बासिन्दा बालगोपाल कपाली बताउँछन् ।

बाइट १२ ः बाल गोपाल कपाली, स्थानीय, (बाइट २)

……… बेचेको कसले हो ? छाँयाले को सँग किन्यो ? त्यहाँनेर केलाएर हेरौं न हामी । अब हुन आयो कसरी यत्रो सम्पत्ति छाँयाको नाममा ? यत्रो प्रोजेक्ट गर्नको लागि त नेपाल सरकारसँग कानुनी रुपमा कागज तयार नगरि निर्माण सुरु भएको त थिएन होला ? जहाँ सम्म मलाई लाग्छ । बन्दाबन्दै वा सुरुमै रोक्न सकेको भए हुन्थ्यो । तर, यत्रो संरचना बनेपनि हामीले पनि अलिकति मानवताको नाताले बुझ्नु पर्ने अवस्था छ । कसैको हानी नहुने गरि सोच्नु पर्ने हुन्छ । जे जे भयो भईसक्यो, अब पक्ष विपक्ष बसेर मजाले यसलाई ‘साँप पनि नमरोस, लठ्ठि पनि नभाँचिओस’ भनेजस्तै जानुपर्छ । त्यसरी जाँदा हामीपनि साथ दिन्छौं दुवै पक्षलाई । सबै यो टोलको नाताले म यो भन्न चाहन्छु । ………. बाइट २

छायाँ सेन्टर संचालनमा आएसँगै सयौले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । अप्रत्यक्ष रोजगारी पाउनेहरु उत्तिकै छन् । ठमेलमा बनेको यत्रो भब्य संरचानाले पर्यटकीय क्षेत्रबाट मुलुकको आर्थिक समृद्धिमा योगदान पुग्ने युवा पिढिको बुझाई छ । नेपाल सरकारले विदेशी लगानी भित्र्याउने पहल गरिरहेका बेला स्वदेशी लगानीको सुरक्षा गर्ने सरकारको दायित्व रहेको उनीहरुको भनाई छ ।

बाइट १३ ः स्वजेशमान मालाकार, स्थानीय । बाइट १

….यो आउँदा हामी ठमेल बासी सबै खुसी हुनुपर्ने देख्छु । किनभने आज ठमेलमा ५ अर्बको स्वदेशी लगानी भित्रिएको छ । लगानीको हामीले सुरक्षित गर्नुपर्छ । नेपाल सरकारले अहिले विदेशी लगानी भित्रिाउने भनिरहेको छ । स्वदेशि लगानी नै यहाँ सुरक्षित नभईराखेको एउटा उदाहरण हो छाँया देवि कम्प्लेक्स । अब विदेशी लगानीलाई कसरी सुरक्षित गर्न सकिन्छ त? यत्रो पाँच अरबको लगानी भनको सानो लगानि होईन । ठूलो लगानी यत्रो स्वदेशिहरुले नै गर्नु भएको छ, यसको लागि चाँहि हामी सुरक्षित बनाउन तिर लाग्नु पर्छ । …… बाइट १

पर्यटन व्यवसायी एंवम समाजसेवि चन्द्र रिजाल पनि छाँया सेन्टरको बारेमा नकरात्मक धारणाको विकास गरेर लगानीकर्तालाई निरुत्साहि गर्ने कामले अन्य लगानीकर्तालाई आर्कषित गर्न नसक्ने बताउँछन् । कमि कमजोरी भए सरकारले यसलाइ खोजेर समाधान गर्न तर्फ लाग्नु पर्ने उनको भनाई छ । छायाँ सेन्टरले अव्यवस्थित ठमेललाई समेत व्यस्थित गराउन टेवा पुग्ने उनको तर्क छ ।

बाइट १४ ः चन्द्र रिजाल, अध्यक्ष, टान । (बाइट २)

…..यस्तै संरचना बन्न अन्त पनि उत्प्रेरित भईरहेको छ मान्छे । अब बनिरहेको यत्रि राम्रो संरचनामा कसैले धावा बोल्यो भने? विभिन्न मान्छेहरुले हप्ता उठाउने जस्तो रुपमा लाग्ने, हिजोको जस्तो आज पनि भएको देख्दा संका लागेको छ, हिजोको जस्तै आज पनि हुन लागेको जस्तो छ । अन्य तिर नलागेर यसलाई बढाउन तिर लाग्ने, यसबाट अन्य ठाउँमा खुल्दैछन्, यसकै कारणले ठूलो औधोगिक क्रान्ती हुने सम्भावना छ, पर्यटनमा पनि लगानी आउँने सम्भावना देखिएको छ, त्यसलाई निरुत्साहित गरेर सबै क्षेत्रलाई धारासाही बनाउँने काम मात्र हुन सक्छ । ….. बाइट २

विभिन्न स्वार्थ केन्द्रहरुबाट नकारात्मक प्रचारबाजीले लगानीकर्ताको मनबोल खस्काउने प्रयत्नहरु निरुत्साहित गरिनुपर्ने उनीहरुको भनाई छ । अहिले छाँया सेन्टरको विषयमा इतिहासका पन्नाहरुलाई आधार बनाएर तत्कालिन कानूनी व्यवस्थाहरुलाई नै गलत सावित गराउन खेजिनु दुखद भएको छाँया सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठको भनाई छ ।

बाइट १५ ः महेश्वर श्रेष्ठ, प्रबन्ध निर्देशक, छाँया सेन्टर । (बाइट २)

…अदालतबाट जे निर्णय हुन्छ , त्यो हामीलाई मान्य हुन्छ । हामीले विगतमा भएको फैसलाकै आधारमा जग्गा लिएको हो । र मलाई लाग्छ, अदालतमा भएको मुद्दालाई धेरै वादविवाद गर्नुभन्दा पनि निर्णय मानेर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ । जसले विवाद गर्न खोजिरहेको छ, उसलाई पनि म अपिल गर्छु, विवाद आफ्नो ठाउँमा छ, जुन कुरा अदालतले निर्णय गर्छ त्यसलाई सबैले मान्नुपर्छ ।
अदालतमा मुद्दा पुगको धेरै भएको छ । तर, मलाई लाग्छ, उहाँहरुको जसले विवाद ल्याउँने विचार गर्नु भएकोछ, जसरी हुन्छ हल्ला गर्ने र मिडियावाजी गर्ने ईच्छा छ । र कुनै तरिकाले अदालतमा भएको मुद्दालाई प्रवाभ पार्ने काम गर्न खोजेको जस्तो लाग्छ । तर, मलाई लाग्छ, उहाँहरुले एउटा सज्जन नागरिकको हकमा अदालतको निणर्यलाई पर्खिनु भयो भने पनि राम्रो हुन्छ । …. बाइट २

मुलुकमा लगानी प्रवद्र्धनको क्रमलाई बढावा दिने अभियान चल्दै गर्दा ठमेलमा सञ्चालनमा आएको यो परियोजनाले अन्तर्राष्ट्रिय जगतमा लगानीकर्ताको ध्यान खिच्न सक्छ । यस्तो अवस्थामा विवादलाई कुनै पनि पक्षले चर्काउन नहुने र अदालतमा मुद्धा चलिरहेको सन्दर्भमा अदालतको निर्णयलाई प्रभावित बनाउने किसिमका कृयालाप गर्न नहुने तर्क ठमेल क्षेत्रलाई प्रतिनिधित्व गर्ने काठमाण्डौं ६ का सांसदको बुझाई छ । यस्ता धेरै परियाृजनाहरु राज्यको कर्मीकमजोरीका कारण सञ्चालनमा आउनुमा दोष कसैलाई लगाउने अवस्था नहुने उनको तर्क छ ।

बाइट १६ ः भिमसेनदास प्रधान, प्रतिनिधि सभा सदस्य, काठमाण्डौं ६ (बाइट २)

….अहिलेको विवाद हुनुमा छाँया सेन्टर र छाँया सेन्टरको लगानी गर्ने वा मालिकको कुनै गल्ती छैन । केसव शमसेर वा तत्कालिनमा भएकाहरुले आफ्नो शक्ति प्रयोग गरेर गरेको कामको आरोप छाँया सेन्टरमाथि लगाउँन पनि मिल्दैन । हिजोभन्दा आज जनताले आवाज उठाउन पाए । आवाज उठाउन पाएपछि उठाउँछन् नै पनि । उठाउँनु पनि पर्छ । तर, त्यसको निर्णय गर्ने अदालतले हो । विवादलाई चर्काउनु भन्दा निर्णय पर्खिनु पर्छ ।…. (बाइट २)

काठमाण्डौंको तत्कालिन २९ नम्बर वडाको नेतृत्व गरिसकेका र अहिले छाँया सेन्टर बनेको जग्गाका जानकार स्थानीय विश्वम्भरलाल प्रधानको बुझाईमा छाँया सेन्टरलाई जबरजस्ती विवादमा तान्ने काम भईरहेको छ ।

बाइट १७ विश्वम्भर लाल प्रधान, पुर्ववडाध्यक्ष, कामपा २६ । (बाइट २)

….मैले एउटा कुरा बुझेको छैन । विवाद कसको बिचमा हुनुपर्ने हो ? त्यो कुरा एकातिर छ । र एउटा बिजनेस हाँउस जसले ठूलो लगानि गरेर यो क्षेत्रको कोशेढुंगा सावित हुनेगरि आएको छाँया कम्प्लेक्सलाई यसमा घोसाई रहेको छ । अब, के अर्थ छ यसमा ? छाँया कम्प्लेक्सको यसमा भुमिका के हो ? उहाँहरुले त एउटा लालपुर्जा थियो, एउटा बेच्ने मान्छे थियो । उहाँहरुले किन्नु भयो र राजस्व तिर्नु भयो । लालपुर्जा अनुसारको जग्गा उहाँहरुले खरिद गर्नु भयो । र तत्कालिन नगरपञ्चायत, नगरपालिका त्यसलाई नक्सा पास पनि गरेको छ । यी सम्पुर्ण कुरा भईसकेको छ । विवाद हुनुपर्ने ठाउँमा चाँहि विवाद देखिएन । र जसलाई विवादमा ल्याउनै नपर्ने हो, यदि त्यो जग्गा आज कसैले आठ आना, चार आना, छ अना किनेर घर बनाएको भएँ विवाद उठ्थ्यो कि उठ्दैन थियो ? अहिले जे विवाद उठाईएको छ, त्यो विवाद छाँया कम्प्लेक्सलाई अर्थ नभएको विवाद हो । … बाइट १

भगवान बहाल गुठीका प्रमुखको बुझाईमा पनि इतिहासमा गुठीका तर्फबाट तत्कालिन व्यवस्था अनुसार बाजेहरुले गरेको गरेको निर्णयलाई अपमानित गराउनु उचित देखिँदैन । विवाद छाँया सेन्टरमा मात्र किन गराइएको हो भन्दै प्रतिप्रश्न गरेका गुठी प्रमुखको बुझाईमा भईसकेका निर्णय उल्ट्याउने हो भने छाँया सेन्टर मात्र हैन तत्कालिन अवस्थामा भगवानबहाल गुठिको स्वामित्वमा रहेका सबै सम्पत्ती फिर्ता गराउने अभियान सुरु गर्नु पर्छ ।

बाइट १८ ः रहेन्द्रप्रसाद प्रधान, प्रमुख, भगवानबहाल गुठी । (बाइट २)

….नागर्जुन डाँडा उल्टाउ? सरकारले लिईसक्यो त्यो । पहिला चन्द्र शमसेरले लिएको भन्छ । त्यो पनि फिर्ता लिनुपर्यो । जुन जग्गा रैताी गरेर बसोबास भएको छ, त्यो पनि फिर्ता लिनु पर्यो । नभत्काए गुठि कायम गर्नु पर्यो । यो त सबै भगवान वहाल गुठिको नोक्सान हो नि ।… बाइट २ क मा तलको बाइट २ ख पनि जोड्ने । …अमृत मार्गको पूर्व पट्टिबाट सबै केसव शमसेरले लियो । त्यसको पहिलोमा बसन्त चौधरि बस्नु भएके छ । त्यो पनि हाम्रै बाजेहरुको घर थियो । केसव शमसेरले जबरजस्ति लिएको थियो । वरपरका सबैको जग्गा उसले हडपेको थियो । जब ०७ साल आयो, केसव शमसेरले पहिला जसरी लिन पाएन । त्यो बेला नबचेको घर भनेको बजिरमान प्रधानको घर । त्यो लुनकरण दास चौधरीले केसव शमसेरकै पालामा किन्न भयो र त्यहाँ बस्नु भयो । के अब बजिरमानले पनि उहाँलाई उठाउँने ? त्यो त भएन नि । कानुनन भएको चिजमा हामीले विवाद गर्नु उपयुक्त छैन । …. बाइट २ ख

छाँया सेन्टर जस्ता केही परियोजनाहरु मात्र सञ्चालनमा आउने हो भो आजका दिनमा मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने कुरामा दुईमत छैन । यति मात्र नभई यस्ता परियोजनाका कारण वस्तु तथा सेवाको उचित मूल्य निर्धारण गर्न बाहिरी बजारलाई समेत यस्ता आयोजनाले अभिप्रेरित गर्छन् । यसै कारणले अन्तर्राष्ट्रिय जगतमा छाँया सेन्टर जस्ता ठुला आयोजनालाई आर्थिक सम्वृद्धिको सूचक मानिन्छ । छायाँ सेन्टर पनि नेपालको आर्थिक समृद्धिको सूचक बन्ने यात्रामा निरन्तर अघि बढिरहने छ ।