काठमाडौँ । असार महिना लागेसँगै तरकारीको मूल्य बढ्दै गएको छ । वर्षा लागेसँगै राजधानीमा अधिकांश तरकारीको मूल्य बढेको देखिन्छ ।
असार महिना सुरु भएयता केही तरकारीको मूल्य स्थिर र केहीको तरकारीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार असार १ गते गाजरको मूल्य न्यूनतम ६५ रुपैयाँ अधिकतम ७५ रुपैयाँबाट ७० र ८० रुपैयाँ पुगेको छ ।
स्थानीय काउलीको मूल्य न्यूनतम ४० रुपैयाँ अधिकतम ५० रुपैयाँबाट ५५ र ७० रुपैयाँ पुगेको छ ।
प्रतिकेजी रातो मुलाको मूल्य न्युनतम २८ रुपैयाँ र अधिकतम ३२ रुपैयाँबाट ४० र ४५ रुपैयाँ पुगेको छ ।
प्रतिकेजी न्यूनतम १० रुपैयाँ र अधिकतम २० रुपैयाँ रहेको तने बोडीको मूल्य २२ दिनपछि न्युनतम ३५ रुपैयाँ र अधिकतम ४५ रुपैयाँ छ ।
असार १ गते मटरकोशाको मूल्य न्यूनतम १४० रुपैयाँ र अधिकतम १६० रुपैयाँ रहेकोमा आइतबार १८० रुपैयाँ र २०० रुपैयाँ पुगेको छ ।
लोकल घिउसीमि प्रति केजी न्युनतम मूल्य २५ रुपैयाँ र अधिकतम ३५ रुपैयाँबाट ७० रुपैयाँ र ८० रुपैयाँ पुगेको छ ।
यस्तै तिते करेलाको प्रतिकेजी मूल्य न्युनतम २५ रुपैयाँ र अधिकतम ३५ रुपैयाँ रहेकोमा आइतबार ३५ र ४५ रुपैयाँ पुगेको छ ।
लौकाको मूल्य न्यूनतम १५ रुपैयाँ र अभिकतम २५ रुपैयाँबाट ३५ र ४५ रुपैयाँ कायम भएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
न्युनतम मूल्य प्रतिकेजी २० रुपैया र अधिकतम मूल्य ४० रुपैयाँ रहेको घिरौलाको मूल्य २२ दिनमा न्युनतम ५० रुपैयाँ र अधिकतम ६० रुपैयाँ कायम भएको छ ।
भिन्डीको न्यून्तम मूल्य १५ रुपैयाँ र अधिकतम मूल्य २५ रुपैयाँ कायम गरिएको थियो भने आइतबार ६० रुपैयाँ र ७० रुपैयाँ कायम भएको छ ।
रायोको सागको मूल्य न्युनतम ४० रुपैयाँ र अधिकतम ५० रुपैयाँबाट १०० र १२० रुपैयाँ कायम भएको छ ।
डल्ले च्याउ असार १ गते न्यूनतम २५० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ प्रति केजीमा किनबेच भएकोमा २२ न्युनतम २८० रुपैयाँ र अधिकतम ३२० पुगेको छ ।
कुरिलोको मूल्य न्यूनतम २०० रुपैयाँ र अधिकतम ३५० रुपैयाँ रहेकोमा आइतबार न्युनतम २०० रुपैयाँ र अधिकतम २५० रुपैयाँ कायम भएको छ ।
न्यूनतम मूल्य प्रति केजी १०० रुपैयाँ र अधिकतम १२० रुपैयाँ रहेको तामाको मूल्य न्युनतम १४० रुपैयाँ र अधिकतम १६० रुपैयाँ छ ।
यता, ठुलो गोलभेडा (नेपाली)को प्रति केजी मूल्य न्यूनतम ६० रुपैयाँ र अधिकतम ७० रुपैयाँ रहेकोमा असार २२ गते आइतबार पनि न्यूनतम मुल्य ६० रुपैयाँ र अधिकतम ७० रुपैयाँ रहेको छ । यो अवधिमा ठुलो नेपाली गोलभेँडाको मूल्य स्थिर रहेको हो ।
सानो गोलभेडाको मूल्य न्यूनतम २७ रुपैयाँ र अधिकतम ३५ रुपैयाँ रहेकोमा २२ गते आइतबार न्युनतम २५ रुपैयाँ र अधिकतम ३० रुपैयाँ छ ।
रातो आलुको मूल्य न्यूनतम ३८ रुपैयाँ अधिकतम ४१ रुपैयाँबाट ४३ र ४५ रुपैयाँ पुगेको छ ।
सुकेको प्याज (भारतीय)को मूल्य न्यूनतम ४० रुपैयाँ अधिकतम ४२ रुपैयाँबाट ४४ र ४६ रुपैयाँ पुगेको छ ।
समितिका अनुसार असारको १ गतेदेखी २२ गतेसम्मको अवधिमा औषतमा तरकारीको मूल्य बढेको छ ।
प्रतिक्रिया