वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता

0
Shares

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुप प्रा। लि। बीच सम्झौता भएको छ ।

नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन आज सो सम्बन्धी सहमति चीनको लागी नेपालका राजदुत विष्णु पुकार श्रेष्ठको उपस्थितिमा भएको छ ।

सम्झौतामा एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारीक प्रतिनिधी शिवराज दवाडी (माधव दवाडी) ले दस्तखत गरेका छन् ।

कोरियन कम्पनी एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसंग उद्योग व्यवसाय, हरित उर्जा, सेवा उद्योग, नविनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ । यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ ।

सम्झौता पत्रमा नेपाल भित्र ल्याउने वैदेशिक लगानी मार्फत स्थापना र संचालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।