ग्रामीण विकास लघुवित्तका लागानीकर्ताको निरन्तर हात खाली, असार १५ मा एजीएम आह्वान

0
Shares

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले यसवर्ष पनि लाभांश नपाउने भएका छन् । समग्राग्रस्त अवस्थाका पाँच विकास क्षेत्रमा स्थापित लघुवित्तीय संस्था –तत्कालीन अवस्था विकास बैंक भनिन्थ्यो) बीच मर्जरपछि संस्थाको वित्तीय अवस्थामा सुधार हुँदा आएपनि अझै लाभांश वितरण गर्ने अवस्थामा नपुगेको हो । पाँच लघुवित्त मर्जर भई २०७१ साउन ३० गते शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको थियो मर्जर सम्पन्न भएकाे दश वर्षसम्म लगानीकर्ता लाभांश पाउनबाट विमुख भएका छन् ।

संस्थाले यो वर्ष पनि लगानीकर्तालाई लाभांश वितरणको प्रस्ताव गरेको छैन । जेठ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार १५ गते विहान ११ बजे नवौं वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय बुटवलमा आह्वान गरिएको छ ।

सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गयाउनेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तीमा जानका लागि मर्जर समिति गठन, उपयुक्त कम्पनीको पहिचान लगायतका सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ३ गते मंगलबार सेयर दाखिल खारेज (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोजको आधारमा असार २ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

यसरी सुरु भएको थियो एकीकृत कारोबार

तत्कालीन अवस्थाका पाँचवटा ग्रामीण विकास बैंकहरु–पूर्वाञ्चल ग्रामीण विकास बैंक, माध्यमाञ्चल ग्रामीण विकास बैंक, पश्चिमाञ्चल ग्रामीण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक, सुदूर पश्चिमाञ्चल ग्रामीण विकास बैंक गाभिए २०७१ साउन ३० गते शुक्रबारदेखि एकीकृत कारोबार सुरू गरेको थियो । एकीकृत कारोबारपछि नेपाल ग्रामीण विकास बैंक राखिएपछि पछि ग्रामीण विकास बैंक र राष्ट्र बैंकले लघुवित्त कम्पनीलाई विकास बैंकको सट्टा लघुवित्तीय संस्था राख्न दिएको निर्देशन अनुसार ग्रामीण विकास लघुवित्त बनेको हो ।

सरकार र राष्ट्र बैंकको समेत लगानी रहेका संस्थाहरु छुट्टा-छुट्टै सञ्चालन हुँदा सरकारलाई वित्तीय भार परेको र सेवापनि प्रभावकारी नभएको भन्दै प्रत्येक विकास क्षेत्रमा एक—एक गरी सञ्चालनमा रहेका पाँच बैंकलाई गाभेर राष्ट्रियस्तरको ग्रामीण विकास बैंक बनाइएको हो । सञ्चित नोक्सानी १९ करोड रुपैयाँ पुगेर वित्तीय अवस्था कमजोर भएका कारण तत्कालीन विकास बैंकको नोक्सानी सरकारले व्यहोरेको थियो । त्यसयता पनिबैंकहरु नोक्सानीमा गएपछि सरकारलाई वित्तीय भार थोपरिएकाले सरकारले मर्जरमालाने निर्णय गरिएको थियो । एकीकृत संस्थाले २०७१ साउन ३० गतेप्रधान कार्यालय बुटवलबाट एकीकृत कारोबार शुभारम्भ गरेको थियो ।

पाँचै वटा संस्थाको सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) अनुसार पूर्वाञ्चल र सुदुरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको प्रतिकित्ता सेयर मूल्य १ रुपैयाँ २ पैसा, माध्यमाञ्चल ग्रामीण विकास बैंकको सेयर मूल्य १ रुपैयाँ १७ पैसा, मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंकको प्रतिसेयर मूल्य ७७ रूपैयाँ र पश्चिमाञ्चल ग्रामीण विकास बैंकको प्रतिकित्ता सेयर मूल्य १४० रूपैयाँ कायम भएको थियो ।

सोसमयमा माध्यमाञ्चल विकास बैंकको चुक्ता पुँजी १० करोड, पूर्वाञ्चलको ६ करोड, सुदूर पश्चिमाञ्चलको ५ करोड ५८ लाख, पश्चिमाञ्चलको ६ करोड ६० लाख, मध्यपश्चिमाञ्चलको ७ करोड ३५ लाख चुक्ता पुँजी थियो । मर्जपछि बैंकको चुक्ता पुँजी ३५ करोड ५३ लाख रूपैयाँ पुगेको थियो ।

पछि सरकारले बजेटमार्फत २५ करोड रूपैयाँ दिएको थियो । सो पछि लघुवित्तको चुक्ता पुँजी ५५ करोड ७५ लाख रूपैयाँ भएको थियो । पछि कम्पनीले ९ करोड ५० लाखको थप नयाँ निष्कासन (एफपीओ) र सोपछि कायम चुक्ता पुँजी ६५ करोड ५० लाख रूपैयाँको पचास प्रतिशत हकप्रद बिक्रीपछि हाल ९८ करोड २५ लाख रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।