धितोपत्र बोर्डको अध्यक्ष पदका लागि अन्तर्वार्ता सुरू


काठमाडौैं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारको अन्तर्वार्तामा सुरु भएको छ ।

आज बिहान बिहान ८ बजे सर्टलिस्टमा परेका तीन उम्मेदवार कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा.नवराज अधिकारीलाई बोलाइएको थियो ।

यसअघि असोज १८ गते बोलाइएको अन्तर्वार्ता सिफारिस समितिका संयोजक डा। शिवराज अधिकारी बिरामी भएपछि स्थगित भएको थियो । धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ ।

प्रकाशित मिति: ९ मंसिर २०८१, आइतबार  ०९ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।