आईडिए बैठकमा सहभागि हुन विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनबर्ग नेपाल आईपुगे


नेपालमा पहिलो पटक आयोजना हुन लागेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ मा सहभागि हुनका लागि विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनबर्ग नेपाल आईपुगेका छन् । सम्मेलनको अध्यक्षता गर्न उनी सोमबार नेपाल आईपुगेका हुन् ।

विश्व बैंकका अनुसार वरिष्ठ प्रबन्ध निर्देशक ट्रोसेनबर्गले सरकार र अन्य सरोकारवालाहरूसँग पनि भेट गर्नेछन् । उनी पहिलो पटक नेपालको ५ दिने औपचारिक भ्रमणमा आएका हुन् ।

आफ्नो पाँच दिने भ्रमणका क्रममा ट्रोसेनबर्गले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री वर्षमान पुन, मुख्य सचिव वैकुण्ठ अर्यालका साथै विकास साझेदारहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

ट्रोसेनबर्गले वाग्मती प्रान्तको रबियोपीमा आईडिएको सहयोगमा पुनरनिर्माण भएका भूकम्प आवास पुनर्निर्माण परियोजनाको पनि भ्रमण गर्ने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा, विश्व बैंकका ६० साझेदार र ९० देशका प्रतिनिधि सहभागी हुने

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।