संसद् सचिवालयका कर्मचारीका मागबारे अर्थमन्त्रीसँग छलफल

0
Shares

अतिरिक्त समयमा काम गरेवापतको सुविधा पाउनुपर्ने मुख्य माग राखेर आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका विषयमा आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच आज छलफल भएको छ ।

कर्मचारीले राखेका मागका विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग छलफल गरिसकेका छन।

संसद्का बैठकमा महत्त्वपूर्ण छलफल भइरहेका समय कर्मचारीले गरेको असहयोगलाई सभामुख घिमिरेले गम्भीरताका साथ लिएको उनको सचिवालयले जनाएको छ । बुधबारको प्रतिनिधिसभको बैठकमा आन्दोलनरत कर्मचारीले प्रत्यक्ष प्रसारणमा असहयोग गरेका थिए । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।