ग्लोबल स्कुलका ६ जना विद्यार्थीले ल्याए एसईईमा ४ जीपीए

0
Shares

काठमाडौंको पेप्सीकोलामा रहेको ग्लोबल पब्लिक स्कुलका ६ जना विद्यार्थीले २०८० सालको एसईईमा ४ जीपीए ल्याएका छन् । देशभरबाट १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा ग्लोबल स्कुलका मात्रै ६ जना परेका हुन् ।

२०८० सालको एसईईमा कुल ५६ जना परीक्षार्थी सामेल भएको यस विद्यालयबाट श्रीया भुजु, कृतिज्ञा शिल्पकार, स्वीकृती प्याकुरेल, सुभम भट्टराई, साजन पराजुली र श्रृजन खड्का ४ जीपीए सहित उत्तीर्ण भएका छन् । त्यस्तै, ४० जना ‘ए प्लस’ र १४ जना ‘ए’, दुई जना ‘बि प्लस’ श्रेणीमा उत्तीर्ण भएको विद्यालयका प्रिन्सीपल मात्रिका कार्कीले जानकारी दिए ।

विद्यालयका प्रिन्सीपल कार्कीले राष्ट्रियस्तरमा एसईईको नतिजा सन्तोषजनक नरहेपनि आफ्नो विद्यालयले अहिलेसम्मकै उत्कृष्ट नतिजा ल्याउनुमा विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीको मिहिनेत नै प्रमुख भएको बताए।

अघिल्ला वर्षहरूमा पनि ग्लोबलले स्कुललले एसईईमा उत्कृष्ट्र नतिजा हासिल गर्दै आएको थियो। यस वर्षको नतिजा भने अहिलेसम्मकै उत्कृष्ट हो ।

२०६२ सालबाट सञ्चालनमा आएको ग्लोबल स्कुलमा हाल ६ सय हाराहारी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा करिब ५० जना शिक्षक–शिक्षिकाले अध्यापन गर्छन्। विद्यालयले मध्यम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।