धितोपत्र बोर्डको कर्मचारी यूनियनको अध्यक्षमा अजय ढुङगाना

0
Shares

नेपाल धितापत्र बोर्डको कर्मचारी यूनियनको अध्यक्षमा अजय ढुङगाना निर्वाचित भएका छन् । शुक्रबार भएको यूनियनको सातौ अधिवेशनबाट ढुङगाना अध्यक्ष निर्वाचित भएका हुन ।

अधिवेशनले ढुङगानाको नेतृत्वमा नौं जनाको कार्यसमिति चयन गरेको छ । अधिवेशनले बरिष्ठ उपाध्यक्षमा गौरब विष्ट, उपाध्यक्षमा एलिजा फुयाँल, सचिवमा नमुना जोशी, कोषाध्यक्षमा गौरब बराल लाइ चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा विनोद महर्जन, प्रशान्त राई, सुदीप घिमिरे र रविन्द्र देव भट्ट रहेका छन । नवनिर्वार्चित कार्यसमितिको कार्याअवधि २ वर्षको हुने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।