नक्कली भुटानी शरणार्थी प्रकरणमा बादलका छोरा प्रतीकलाई थुनामा पठाउन आदेश

0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो।

पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष समेत रहेका रामबहादुर थापा बादलका छोरा प्रतीक थापा काठमाडौँ जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको हो।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएपछि उनी फरार थिए तर सीआईबीको टोलीले उनलाई असार १४ गते बौद्धबाट पक्राउ गरेको थियो । थापाले पीडितबाट रकम लिएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

नेपाली नागरिकहरुबाट करोडौं रकम संकलन गर्दै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि तत्कालीन गृहमन्त्री वालकृष्ण खाँण, पूर्वमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी लगायतका उच्चपदस्थ व्यक्तिहरु पक्राउ परेका थिए ।

तीमध्ये रायमाझी र उनका छोरा सन्दीपसहित ७ जना थुनामै छन् भने खाँणसहित आङटावा शेर्पा धरौटीमा रिहा भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।