प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै अवस्थित टिथ्री थकाली एण्ड मल्टी कुजिन र साइनो तन्दुरी एण्ड सेकुवा कर्नरले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहका बिच सम्पन्न सम्झौतामा टिथ्री थकाली ग्रुप प्रालीका अध्यक्षरप्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैँकका तर्फबाट बाममती प्रदेश प्रमुख अधिकृत बिकास शर्मा गुरागाइँद्घारा हस्ताक्षर गरियो ।
सम्झौताअनुसार प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा १०% छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।
दैनिक लाखौको संख्यामा स्वदेशी तथा विदेशी मानिसहरुको आवत जावत हुने स्थान हो विमानस्थल, जहाँ मानिसहरु आफन्तलाई लिन र पु्याँउनका लागि आउने जाने गर्दछन । यस्तै कामको चटारोमा मानिसहरु खाना तथा खाजा समेत नखाई कुद्ने गर्दछन यिनै मानिसहरु र स्वादका पारखिका लागि मध्यनजर गर्दे टिथ्री थकाली एण्ड मल्टी कुजिन र साइनो तन्दुरी एण्ड सेकुवा कर्नरले एयरपोर्टको मुख्य द्धारको पूर्वपट्टिको लाईनमा आफ्नो २४ घण्टे सेवा संचालनमा ल्याएको छ ।

सोअनुसार यहाँ आउने जो कोहीले पनि टिथ्री थकाली एण्ड मल्टी कुजिन मा अथेन्टिक थकाली खाना को स्वाद लिन सक्नेछन् भने साइनो तन्दुरी एण्ड सेकुवा कर्नर मा नान, तन्दुरी, सेकुवा जस्ता परिकारहरु चौबिसैघण्टा पाईने छ । साथै यथस्ट सशुल्क पार्किङ्ग को पनि व्यवस्था रहेको छ ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
साथै,लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैँक अफ दि ईयर–२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया