क्यान्सर अस्पतालकी लेखा अधिकृत घुस लिँदालिँदै पक्राउ

0
Shares

भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिदै गर्दा पक्राउ परेकी छन् ।

अख्तियारको टोलीले उनलाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको जनाएको छ ।

औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।