एनबी बैंकको २ अर्वको डिवेञ्चर, व्याजदर १०.२५ प्रतिशत


नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ बरावरको डिवेञ्चर निष्कासन गर्ने भएको छ । बैंकको सो डिवेञ्चर खरिद गर्ने लगानीकर्ताले बार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन ।
जेठ १४ गतेदेखि निष्काशन हुने सो डिवेञ्चरको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । “एनबिबि डिबेञ्चर २०८५” नामको डिबेञ्चर १० वर्षको रहेको छ । केन्द्रीय बैंकले दिर्घकालीन अवधिका डिवेञ्चर निष्कासन गर्दा पुँजी,कर्जा तथा निक्षेप(सीसीडी) रेसियोमा सहुलयित दिने व्यवस्था गरेपछि बैंकहरु वण्ड निष्कासन गर्न तर्फ लागेको हुन । पछिल्लो समयमा करिब दर्जन बैंकले दिर्घकालीन डिवेञ्चर निष्कासन गरीसकेको छन ।

निष्काशित ऋणपत्र २ अर्बको २० लाखमध्ये ६० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ८० करोड बराबको ८ लाख युनिट ऋणपत्र सर्वसाधारणका लागि निष्काशन हुनेछ ।
दश वर्षपछि परिपक्क हुने सो डिवेञ्चरमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याज अर्धवार्षिक रुपमा भुक्तानी पाउनेछन । ऋणपत्रमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था रतिनको शाखा कार्यालय मार्फत ७७ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् ।
ऋणपत्रका लागि जेठ १० गते देखि १४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको डिवेञ्चरमा सो निष्कासन अवधिमा माग गरेको जती आवेदन नपरेको खण्डमा असार ८ गतेसम्म बिक्री खुला रहनेछ ।

ऋणपत्र सबै बैंकको प्रथामिकतामा
स्रोतको अभाव वढ्दै गएपछि बैंकहरुले दिर्घकालीन ऋणपत्रलाई बैकल्पिक विवत्तीय औजारको रुपमा प्रयोग गर्न थालेका छन । बैंकहरुले डिवेञ्चर निष्कासन गर्दा पुँजी प्रणप्तता अनुपात वढ्ने तथा कर्जा लगानी योग्य रकम पनि थपिने भएकाले पनि यस तर्फ आकर्षण वढेको हो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि दिर्घकाली वित्तीय औजारको रुपमा बिेञ्चर निष्कासन गर्ने बैंक वित्तीय संस्थालाइ सहुलीयत दिने व्यवस्था गरेको छ । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुलाई दीर्घकालीन ऋणपत्र जारी गरी वित्तीय साधन परिचालन गर्न प्रोत्साहित गरिने उल्लेछ । यसरी संकलित साधनलाई कर्जा÷कुल वित्तीय स्रोत (सीसीडी) अनुपात गणना गर्दा समावेश गर्ने व्यवस्था गरेको छ । कर्जाको उच्च मागका कारण लगानीयोग्य रकम अभावका कारणले बैंकहरुले पूँजी प्रयाप्तता अनुपात बढाउन तथा व्यवसाय विस्तारका लागि ऋणपत्रलाई बैकल्पिक औजारको रुपमा प्रयोग गर्न थालेका हुन्। । ऋणपत्र निक्षेप संकलनको दिर्घकालीन औजार भएका कारणले पनि बैंकहरुलाई अतिरिक्त पूँजी जुटाउन ऋणपत्र सहयोगी बन्दै आएको छ ।