अन्तर बैंक एटीएम कारोबार नि:शुल्क, डिजिटल कारोबारमा जोड

0
Shares

नेपाल बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गर्ने भएको छ ।

कोराना संक्रमण फैलिन नदिने सरकारी कार्यलाई सघाउन बैंकहरुमा ग्राहकको भिड लाग्न नदिन बैंकहरुले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय समेत गरेका छन्।

शुक्रबार विहानको बैंकर्स संघको बैठकले अन्तर बैंक एटिएम कारोबारमा शुल्क नलिने तथा डिजिटल बैकिङ सेवालाई चुस्त बनाउने निर्णय गरेको हो।

संघका अध्यक्ष भुवन दाहाल लगायतको टोलीले आज बिहान राष्ट्र बैंकका कायममुकायम गभर्नर चिन्तामणि शिवाकोटी लगायतको टोलीसँग यस विषयमा छलफल समेत गरेको थियो ।

साथै संघले बैंकिङ क्षेत्रलाई कोरोना भाइरसको जोखिम न्यूनकिरण गर्न पूर्वसावधानी अपनाउन समेत बैकहरुलाई निर्देशन गर्ने निर्णय गरिएको पनि दाहालले बताए ।

कोरोनाको त्रासले बैंकहरु बन्द गर्नुपर्ने अवस्था छैन : राष्ट्र बैंक

यस्तै विकास बैंक संघले पनि एक महिनालाई शुल्क नलिने निर्णय गरिसकेको छ। विकास बैंकहरुले पनि केहि समयका लागि मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार नि:शुल्क गर्ने भएका हुन् ।

साथै राष्ट्र बैकसँगको छलफलपछि बैंकहरुमा उच्च सतर्कता अपनाई निरतर संचालन गर्ने निर्णय समेत गरेका छन् ।