कल निक्षेपमा १० र १५ प्रतिशतको सीमा, धेरै हुनेलाइ घटाउन एक वर्षको समय


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले लिने कल निक्षेपमा सीमा तोकेको छ । केन्द्रीय बैंकले वाणिज्य बैंकलाइ कूल निक्षेपको १० प्रतिशत मात्र कल निक्षेप हुनुपर्ने तोकेको छ भने विकास बैंक र वित्त कम्पनीलाई १५ प्रतिशतको सीमा सिमा कायम गरेको हो ।

अर्थमन्त्रीले गठन गरेको मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरुको अध्ययन गरी सुझाव दिने समितिको गठन भएको समतिले बैंकिङ प्रणालीको ब्याजदर अस्थिर भएपछि कल निक्षेपको सिमा तोक्न सुझाएको थियो ।

सोही अनुसार केन्द्रीय बैंकले ब्याजदरलाई स्थिर राख्नका लागि कल निक्षेपमा सीमा तोकेको हो । बैंक वित्तीय संस्थाले निक्षेप वढाउनका लागि बचतमा भन्दा कल निक्षेपमा धेरै ब्याज दिन थालेपछि त्यसलाइ नियन्त्रण गर्न केन्द्रीय बैंकले कल निक्षेपको सीमा तोकेको हो ।

कल निक्षेपका कारण ब्याजदर समेत प्रभावीत भएपछि समितिले पनि त्यसलाइ घटाउन सुझाएको थियो । समितिले बैंक तथा वित्तीय संस्थाकोकल निक्षेप संकलनमा सीमा तोक्नुको साथै उक्त निक्षेपमा प्रदान गर्नसक्ने ब्याजदर बचत निक्षेपभन्दा कम हुने गरी विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने आवश्यक रहेको औंल्याएको थियो ।

त्यसका साथै केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक मार्फत बैंक वित्तीय संस्थाको कल निक्षेपको सीमा ताकिने व्यवस्था गरीने उल्लेख गरेको थियो । सोही अनुरुप केन्द्रीय बैंकले बिहीबार कल निक्षेपको सीमा तोकेको निर्देशन समेत ल्याएको हो । तर, निर्देशन कल निक्षेप तोकिएको भन्दा धेरै भएकालाइ घटाउन प्रयाप्त समय दिइए भएपनि नयाँ कल निक्षेप लिने बैंक वित्तीय संस्थालाई सो सीमा नाघ्न नहुने उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाको कूल निक्षेपमा करिब ११ प्रतिशत कल डिपोजिट रहेको छ । कल निक्षेप लिने अवस्था नभएपछि अब बैंकहरु करेन्ट अकाउन्टतर्फ आकर्षित हुने बैंकर बताउछन् । बैंकहरुले कल निक्षेपबाट करेन्ट अकाउन्टमा सिफ्ट गर्दा कस्ट अफ फण्ड घट्ने भएकाले बेस रेट पनि केही कम हुन सक्ने तर्क बैंकहरुको छ । तर, कल डिपोजिटको पैसा सेभिङमा लैजाने हो भने फेरि ब्याजदर बढ्न सक्छ । बैंकरहरु सबैले भन्दा खेरी कलमा भर परेर बस्नु हुदैन नै भन्छन्। बैंक वित्तीय संस्स्थामा हुने कल डिपोजिट पनि धेरै संवेदनशील र स्थिर प्रकृतिको हुन्छ । धेरै चलायमान कल डिपोजिटले ब्यादरमा समेत असर गर्छ। हरेक दिन ब्याजदरका आधारमा बैंक परिर्वतन गर्ने खालको कल डिपोजिटले समस्या बढाउँछ।

केन्द्रीय बैंकले इजाजत प्राप्त बाणिज्य बैंकले स्वीकार गर्ने कल निक्षेपको अंश कूल निक्षेप दायित्वको १० प्रतिशत र विकास बैंक तथा वित्तय वित्तीय संस्थाहरुले स्वीकार गर्ने कल निक्षेपको अंक कूल निक्षेप दायित्वको १५ प्रतिशत भन्दा बढी कायम गर्न नपाइने व्यवस्था गरेको छ । तर, केन्द्रीय बैंकको निर्देशन आउदा उल्लिखित प्रतिशतभन्दा वढी कल निक्षेप भएका बैंक तथा वित्तीय संस्थाहरुले २०७७ असार मसान्तसम्ममा सो सीमाभित्र ल्याइसक्नुपर्ने केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ। तर, यो निर्देशन जारी हुँदाका बखत बैंक तथा वित्तीय संस्थाहरुमा तोकिएको सीमाभन्दा बढी कायम रहेको कल निक्षेपको अंश भन्दा बढी हुनेगरी थप कल निक्षेप स्वीकार गर्न नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेको हो।

केन्द्रीय बैंकले बैंकर्स संघको कुरा सुनेन

केन्द्रीय बैंकले कल निक्षेपमा सीमा तोक्ने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख गरेपछि बैंकर्स संघले कल निक्षेपलाइ छुट्याएर सीमा तोकिनुपर्ने व्यवस्था गर्न अनुरोध गरेको थियो । तर, बिहीबार केन्द्रीय बैंकले कल निक्षेपमा सीमा तोक्दा बैंकसं संघको अनुरोधलाइ वेवास्था गरेर निर्देशन जारी गरेको छ।

बैंकर्स सैघले विकास बैंक तथा फाइनान्स कम्पनीको बढी चलायमान हुने खालको कल निक्षेपलाइ १० प्रतिशत भित्र राख्ने तर, स्थिर प्रकृतिको कल निक्षेपलाई त्यो सीमामा राख्न नपर्ने व्यवस्था गरीदिन केन्द्रिय बैंकलाइ अनुरोध गरेको थियो ।