सहुलियत ब्याजदरमा साढे चौध हजारलाई २५ अर्ब ३१ करोड कर्जा प्रबाह

0
Shares

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकहरुले कुल २५ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ सहुलियत ब्याजदरको कर्जा प्रबाह गरेका छन् ।

सरकारले विभिन्न ७ शिर्षकमा सो कर्जा दिने भएपनि सहुलियत ब्याजदर प्रदान गरिएको कुल कर्जामध्ये २५ अर्ब १८ करोड रुपैयाँ कृषि तथा पशुपन्छीमा मात्र प्रबाह भएको छ ।

सरकारले ब्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भुकम्प पीडितहरूको निजी आवास निर्माणका लागि सहुलियतपुर्ण कर्जा उपलब्ध गराउदै आएको छ । सहुलियत ब्याजदरको कुल कर्जामा ९९ प्रतिशत भन्दा धेरै व्यवसायिक कृषि तथा पशुपन्छीमा प्रबाह भएको हो ।

२०७५ चैत मसान्तसम्ममा नेपाल सरकारबाट ब्याज अनुदानमा प्रवाह गरिने व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जा १४ हजार ६ सय ३९ जनाले उपयोग गरेका छन् ।

सरकारले सहुलियत पुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि कार्य्विधि २०७५ लागु गरी बैंक वित्तीय संस्थाले सहुलियतपुर्ण कर्जा लिन सकिने व्यस्था गरेको छ । बैंकहरुले यस्तो कर्जा प्रबाह गर्दा ऋणीवाट आधार दरमा २ प्रतिशत थपेर लिन पाउछन ।

तर, कर्जाको प्रक्रियागत अन्य शूल्कहरु भने लिन नपाउने व्यवस्था कार्य्विधिले गरेको छ । बैंकहरुले सहुलियत कर्जा प्रबाह गर्दा ब्यासायीक कृषि तथा पशुपन्छि कर्जा ५ करोड रुपैयाँ सम्म दिन सक्ने व्यवस्था गरेको छ । सरकारले विना धितोकर्जाका ऋणीलाइ ५ प्रतिशत ब्याज अनुदान दिनेछ । तर, सरकारले महिला उद्यमशीलता कर्जामा भने ६ प्रतिशत ब्याज अनुदान दिन्छ ।

त्यसैगरी प्राथमिकता प्राप्त क्षेत्रतर्फ कर्जा लगानी प्रवद्र्धन गर्न तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७५ चैत मसान्तमा २३ अर्ब ६ करोड पुनरकर्जा लगानीमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।