यूनाइटेड अजोड इन्स्योरेन्सले घोषणा गर्यो लाभांश,बोनस र नगद कति ?


काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरणको घोषणा गरेको छ।

कम्पनीले हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र त्यसबाट लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यही असार ४ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव पारित गरेको हो। प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ कम्पनीले जनाएको छ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार  ११ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।