फेसबुकले आफ्नो छुट्टै क्रिप्टो करेन्सी ल्याउने

0
Shares

डेटा लीकको आरोपको सामना गरिरहेको दुनियाँको सबैभन्दा ठूलो सोशल नेटवर्किङ साइट फेसबुक अब क्रिप्टो करेन्सी बनाउने खबरलाई लिएर चर्चामा रहेको छ । मिडिया रिपोर्टका अनुसार, फेसबुकले छिट्टै नै आफ्नो छुट्टै करेन्सी ल्याउने भएको छ ।

उक्त करेन्सीका माध्यमबाट फेसबुक प्रयोगकर्ताहरुले म्यासेन्जर, इन्स्टाग्राम र व्हाट्सएपजस्ता सेवाका माध्यमबाट एक अर्कालाई पैसा ट्रान्सफर गर्न सक्नेछन् । यति मात्र नभई फेसबुक अब छिट्टै नै ब्लकचेन बेस्ड यूजर अथेन्टिकेशन फीचर जोड्न गइरहेको छ ।

हालैमा इटालीका केही फेसकबुकले एन्ड्रोइड र आईओस प्रयोगकर्ताहरुलाई फेसबुक प्रयोग गर्दाको समयमा नयाँ ‘पे विथ फेसबुक’ अप्सन देखाइरहेको छ ।

इटालीका फेसबुक प्रयोगकर्ताहरु जसले आफ्नो स्थानीय भाषा इटालियन छानेका थिए उनीहरुका अनुसार, एप्लीकेसन प्रयोग गर्दाको समयमा उनीहरुलाई ‘पे विथ फेसबुक’ अकाउन्ट सेटअप गर्ने अप्सन प्राप्त भएको थियो ।

फेसबुकले योभन्दा पहिले नै म्यासेन्जर एपमा पेमेन्ट फीचरको प्रयोग गर्दै आइरहेको छ । जसमा प्रयोगकर्ताहरुले अन्य देशका प्रयोगकर्ताहरुलाई पैसा ट्रान्सफर गर्न सक्नेछन् । तर नयाँ ‘पे विथ फेसबुक’ त्योभन्दा धेरै नै फरक रहेको बताइएको छ ।

फेसबुकले आफ्नो क्रिप्टो करेन्सीलाई ‘फेसबुक क्वाइन’ नाम दिन सक्ने र त्यसलाई ‘पे विथ फेसबुक’ फीचरबाट प्रयोग गर्न सकिने बताइएको छ ।

विश्वको पहिलो क्रिप्टो करेन्सी बिटक्वाइन हो, जसलाई सन् २००९ मा जापानको सतोषी नाकमोतो नामक इन्जिनियरले विकसित गरेका थिए । एजेन्सी