छ्याङ्दी हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने म्याद थप


काठमाडौँ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले जेठ २३ गतेदेखि खुला गरिएको हकप्रद शेयरको निष्कासन असार १२ गते बन्द गर्ने भनिए पनि पर्याप्त आवेदन नपरेपछि कम्पनीले समय थप गर्दै अब असार २७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गरिरहेको छ । यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ३८ लाख ९ हजार ७७५ कित्ता शेयर जारी गरिएको हो । जसबाट कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।

हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको छ । जेठ १ गतेसम्म कायम शेयरधनीले मात्रै यसमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार  १० : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।