वाणिज्य बैंकहरु “अन्डरभ्यालुड जोन” मा गएकै हुन त ? 

0
Shares

 

 
 
 

नेपालमा २८ वाणिज्य बैंक भएपनि हाल राष्ट्रिय वाणिज्य बैंक बाहेक २७ वटा वाणिज्य बैंकहरुको शेयर कारोवार हुने गरेको छ । शेयर बजार निकै घटेको बेला दोस्रो  बजारका लगानीकर्ताहरुले वाणिज्य बैंकहरु निकै घटेको र सबै वाणिज्य बैंकहरु “अन्डरभ्यालुड जोन” मा छन जस्ता अभिव्यक्तिहरु आउँदै छन ।

२७ वाणिज्य बैंकहरुको फाल्गुन २३को औसत बजार मूल्य ३०० रुपैयाँ छ , जसमा सबै भन्दा धेरै मूल्य नबिल बैंकको छ भने सबै भन्दा थोरै बजार मूल्य सिभिल बैंक लिमिटेडको रहेको छ । सिभिल बैंक लोमिटेडको बजार मूल्य प्रति कित्ता १५२ रुपैयाँ रहेको छ ।

मूल्य आम्दानी अनुपात हेर्दा वाणिज्य बैंकहरुको औसत मूल्य आम्दानी अनुपात १२ दशमलव ३१ गुणा रहेको छ । सबै भन्दा धेरै मूल्य आम्दानी अनुपात स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । बैंकको मूल्य आम्दानी १८ दशमलव ६४ गुणा रहेको छ भने सबै भन्दा थोरै मूल्य आम्दानी अनुपात नेपाल बैंक लिमिटेडको छ । नेपाल बैंकको मूल्य आम्दानी अनुपात ८ दशमलव ५० गुणा रहेको छ ।

धेरै मूल्य आम्दानी अनुपातले कम्पनीको प्रति शेयर आम्दानी भन्दा बजारमा मूल्य धेरै देखाँउछ भने कम मूल्य आम्दानी अनुपातले कम्पनीको प्रति शेयर आम्दानी भन्दा बजार मूल्य कम छ भनेर देखाँउछ ।

बेन्जामिन ग्रामका मान्यता अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा माथि हुनु हुदैन । यस मानेमा नेपाली वाणिज्य बैंकहरु अण्डर भ्यालुड जोनमा देखिँन्छन ।

‘कृषि विकास बैंक ,बैंक अफ काठमान्डू ,नबिल बैंक,एन एम बी,प्रभु बैंक लिमिटेडको मूल्य समायोजन पछि बोनस शेयरलाई पुँजीमा जोडेर नयाँ प्रति शेयर आम्दानी र किताबी मूल्य गणना गरिएको”

किताबी मूल्यले कम्पनीको वास्तविक मूल्य देखाउँछ । यसलाई बुक भ्यालु अथवा प्रति शेयर नेटवर्थ भनिन्छ । २७ वाणिज्य बैंकको औसत प्रति शेयर नेटवर्थ रु १६८ रहेको छ । सबै भन्दा धेरै प्रति शेयर नेटवर्थ भएको कम्पनीमा नेपाल बैंक पर्दछ । नेपाल बैंकको प्रति शेयर नेटवर्थ ३०० रुपैया छ भने सेन्चुरी बैंकको प्रति शेयर नेटवर्थ सबै भन्दा थोरै १२० रुपैँया छ ।

त्यस्तै २७ वाणिज्य बैंकहरुको औसत मूल्य र किताबी मूल्यको अनुपात (पीबी रेसियो) १ दशमलव ७७ गुणा छ । सबै भन्दा धेरै पीबी रेसियो भएको कम्पनीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक पर्दछ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको पीबी रेसियो २ दशमलव ८४ गुणा छ भने सबै भन्दा थोरै पीबी रेसियो भएको कम्पनीमा नेपाल बैंक छ । नेपाल बैंकको पीबी रेसियो १ गुणा भन्दा कम छ । यसको मतलव नेपाल बैंकको बजार मूल्य उसको किताबी  मूल्य भन्दा कम छ ।

वास्तविक मूल्य भन्दा बजार मूल्य कम हुने अवस्था कहिले काही मात्र आँउछ । धेरै पीबी रेसियोले कम्पनीको वास्तविक मूल्य भन्दा बजारमा मूल्य धेरै देखाँउछ भने कम पीबी रेसियोले कम्पनीको वास्तविक मूल्य भन्दा बजार मूल्य कम भनेर देखाँउछ ।