मल्टिपर्पोज फाइनान्सको ८६५ प्रतिशत हकप्रद भर्ने आइतबार अन्तिम दिन

0
Shares

मल्टिपर्पोज फाइनान्सले जारी गरेको ८६५ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आइतबार (साउन २६ गते) अन्तिम दिन हो ।

कम्पनीले गत असार २३ गतेबाट एक कित्ता बराबर ८.६५ कित्ता अनुपातमा कुल ३५ लाख ८५ हजार २६४ कित्ता बिक्री खुला गरेको थियो । लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ दरले आवेदन दिन पाउनेछन् ।

हकप्रद निष्काशनका लागि कम्पनीले असार ११ गते शेयरधनीदर्ता किताब बन्द गरेकाले असार १० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न सक्नेछन्।साउन २६ गते आइतबार हकप्रद भर्ने अन्तिम दिन रहेको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय सुन्धारा, मल्टिपर्पस फाइनान्सका शाखा कार्यालयहरु तथा धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन पाइने ब्यवस्था छ । मेरो शेयर प्रयोगकर्ताले भने अनलाई मार्फत नै हकप्रद भर्न सक्नेछन्।

हाल यस फाइनान्सको चुक्ता पुँजी ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ४० करोड रुपैयाँ पुग्नेछ । अहिले कम्पनीको पूँजी संरचना संस्थापक र सर्वसाधारणको ६०ः४० अनुपातमा छ ।