मल्टिपर्पोज फाइनान्सको ८६५ प्रतिशत हकप्रदमा आवेदन गर्ने समय १५ दिन थपियो

0
Shares

मल्टिपर्पोज फाइनान्सले जारी गरेको ८६५ प्रतिशत हकप्रद शेयरमा आवेदन गर्ने म्याद थप भएको छ । कम्पनीले १५ दिनको समय थप गरेर भदौ ९ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था गरेको छ ।

कम्पनीले गत असार २३ गतेबाट एक कित्ता बराबर ८.६५ कित्ता अनुपातमा कुल ३५ लाख ८५ हजार २६४ कित्ता बिक्री खुला गरेको थियो । लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ दरले आवेदन दिन पाउनेछन् ।

हकप्रद निष्काशनका लागि कम्पनीले असार ११ गते शेयरधनीदर्ता किताब बन्द गरेकाले असार १० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न सक्नेछन्। साउन २६ गते आइतबार हकप्रद भर्ने अन्तिम दिन रहेकोमा समय थप गरी भदौ ९ गतेसम्म कायम गरिएको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय सुन्धारा, मल्टिपर्पस फाइनान्सका शाखा कार्यालयहरु तथा धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन पाइने ब्यवस्था छ । मेरो शेयर प्रयोगकर्ताले भने अनलाई मार्फत नै हकप्रद भर्न सक्नेछन्।

हाल यस फाइनान्सको चुक्ता पुँजी ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ४० करोड रुपैयाँ पुग्नेछ । अहिले कम्पनीको पूँजी संरचना संस्थापक र सर्वसाधारणको ६०ः४० अनुपातमा छ ।